अहिले बलिउड फिल्म ‘एनिमल’ को पहिलो पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक तस्बिरमा रणबीरको नयाँ अवतार देख्न सकिन्छ। यस फिल्ममा अभिनेता रणबीरका फ्यानले उनको नयाँ अवतार देख्न पाउने भएका छन्। पोस्टरमा रणवीर कपूरको एकदमै फरक स्टाइल देख्न सकिन्छ। अभिनेताको यो लुक देखेर फ्यानहरु निकै उत्साहित भएका छन् र फिल्मको प्रतीक्षामा छन्।

यस बलिउड फिल्ममा नेपाली फिल्मक चर्चित कलाकार बिपिन कार्कीको अभिनय हुने भनिएको थियो। जसको लागि अभिनेता बिपिन धेरै पटक भारत गएका थिए। बलिउडले अभिनेतालाई बिपिनलाई खासै चासो नदिएपछि अहिले उनले भारत धाउन छोडेका छन् र नेपाली चलचित्र छायाँकनमा व्यस्त छन्।

फिल्म ‘एनिमल’ मा रणबीर कपूर बाहेक अनिल कपुर, रश्मिका मन्डन्ना, बबी देओल र तृप्ती डिमरी जस्ता स्टारहरु देखिनेछन्। यो फिल्मलाई सन्दीप रेड्डी वांगाले निर्देशन गरिरहेका छन्। फिल्म यसै वर्षको अगस्ट ११ मा हलमा रिलिज हुनेछ।

फिल्मको पहिलो पोस्टर टी–सिराजको अफिसियल इन्स्टाग्राम खाताबाट शेयर गरिएको छ । पोस्टरमा रणवीरको साइड लुक देख्न सकिन्छ। उनी रगतले लतपतिएको देखिन्छ । उसको हात रगतले लागेको छ। पोस्टरमा अभिनेताले मुखमा चुरोट राखेको देखिन्छ। उनको हातमा बन्चरो छ। कपाल र दाह्री लामो छ नाक र गालाबाट रगत बगिरहेको छ ।

पोस्टर रिलिज गर्दै टी-सिरिजको तर्फबाट क्याप्सनमा लेखिएको छ, ‘२०२३ मा तयार रहनुहोस्’। यो ‘एनिमल’ को वर्ष हो।’ अभिनेत्री रश्मिका रश्मिका मण्डनाले पनि आफ्नो इन्स्टाग्राम स्टोरीमा यो पोस्टर पोस्ट गरेकी छिन्। उनले लेखेका छन्, ‘एनिमलको फर्स्ट लुक बाहिर आएको छ । म धेरै रोमाञ्चक छु। तपाईले पनि हेर्नुहोस्।’
