एजेन्सी- बलिउड अभिनेत्री आलिया भट्ट र रणबीर कपूरको विवाह बलिउड क्षेत्रका कलाकार मध्य सबैभन्दा ठूलो कार्यक्रम थियो। विवाहको केही समयपछि नै अभिनेत्रीको गर्भावस्थाको खबरले सबैलाई चकित बनाएको थियो । आलिया भट्ट यति बेला करियरको उच्च स्थानमा छिन् र यही बिचमा उनको विवाह त्यसपछि किन छिट्टै आमा बन्ने निर्णय गरिन् ? अभिनेत्रीले हालै एक अन्तर्वार्तामा यो प्रश्नको जवाफ दिएकी हुन्।

एक भारतीय मिडियासँगको कुराकानीमा आलिया भट्टले आफ्नो कामसँग आफ्नो मातृत्वको कुनै सरोकार नभएको बताइन्। आलियाले भनिन्, ‘हो, करियरको चरम सीमामा मैले विवाह गरेर आमा बन्ने निर्णय गरेकी थिएँ। तर कसले भन्न सक्छ कि विवाह वा आमा बन्नाले मेरो काममा केही परिवर्तन हुनेछ। यस्तो भयो भने पनि मलाई केही फरक पर्दैन।

आलिया भट्टले भनिन्, ‘मलाई थाहा थियो कि म आफ्नो जीवनमा बच्चा जन्माउने निर्णयमा कहिल्यै पछुताउने छैन। यो एकदमै स्वाभाविक प्रवृत्ति हो। यो मेरो जीवनको सबैभन्दा राम्रो निर्णय हो जुन मैले लिएको छु। करियरको चरम बिन्दुमा आलिया भट्टको आमा बन्ने निर्णयमा टिप्पणी गर्नेहरूलाई जवाफ दिँदै शाहीन भट्टले भनिन् – आलिया आमा बन्न तयार भएर काम छाडिन् आमा बन्न लागेर काम छाडेकी छैनन्।

आलिया भट्टले पछिल्ला केही समयमा गंगुबाई काठियावाडी, ब्रह्मास्त्र, आरआरआर, डार्लिं:ग्स र राजी जस्ता धेरै चर्चा कमाउन सफल फिल्म दिएकी छिन् । आगामी फिल्मको कुरा गर्ने हो भने, आलिया भट्ट चाँडै नै फिल्म रकी र रानीको प्रेमकथामा काम गर्दै छिन् । यस फिल्ममा रणवीर सिंह मुख्य भूमिकामा हुनेछन्।
