ज्योतिष शास्त्रमा राह-केतुलाई छाया ग्रह मानिएको छ। छायाँ ग्रह भएपनि यी ग्रहको प्रभाव पनि सबै राशिहरूमा पर्ने गर्छ।राहु गोचर ३० अक्टोबर २०२३ मा हुनेछ। यस दिन दिउँसो १ः४५ बजे राहुले मेष राशिबाट निस्केर मीन राशिमा प्रवेश गर्नेछ। राहु ग्रह सधैं वक्री चाल गर्ने गर्छ। जान्नुहोस राहु राशि परिवर्तनले कुन राशिका व्यक्तिलाई ठुलो फाइदा मिल्छ : –
मेष राशि

मेष राशिका व्यक्तिहरुलाई राहु गोचरको सकारात्मक परिणाम मिल्नेछ। यस अवधिमा आम्दानीका नयाँ स्रोतहरू सिर्जना हुनेछन्। धन लाभ हुने सम्भावना छ। कार्यक्षेत्रमा नयाँ कामको अवसर मिल्नेछ। कार्यस्थलमा तपाईंको कामको प्रशंसा हुनेछ। समाजमा मान-प्रतिष्ठा बढ्नेछ।
कर्कट राशि

नयाँ वर्षको अक्टोबरले कर्कट राशिका लागि खुशीको उपहार ल्याउन सक्छ। यो अवधिमा शुभ समाचार सुन्न सकिनेछ। जग्गा, घर तथा सवारी साधन खरिद गर्न सकिनेछ। व्यापारीलाई फाइदा हुनेछ।
मीन राशि

राहु मेष राशिबाट गोचर गरेर मीन राशिमा नै प्रवेश गर्नेछ। यस्तो अवस्थामा मीन राशिका लागि राहु गोचर विशेष रहनेछ। तपाईंले यस अवधिमा लामो समयदेखि कतै रोकिएको पैसा फिर्ता पाउन सक्नुहुन्छ। धन लाभ हुने सम्भावना छ। करियरमा प्रगति हुनसक्छ। परिवारमा खुशीको वातावरण रहनेछ।
