वैदिक ज्योतिषशास्त्रका अनुसार प्रत्येक ग्रहले निश्चित समयावधिभित्र एक राशिबाट अर्को राशिमा गोचर गर्ने गर्छ। ग्रह गोचरको प्रभाव मेषदेखि मीन राशिमा हुने गर्छ। हिन्दु पञ्चाङ्ग अनुसार शनिदेव ३० वर्षपछि स्वराशी कुम्भमा प्रवेश गर्न लागेका छन्। शनिको कुम्भ राशिमा प्रवेशबाट केही राशिका व्यक्तिहरूले अत्याधिक लाभ प्राप्त गर्न सक्छन्। ज्योतिष शास्त्रमा शनिलाई न्यायको देवता र कर्म अनुसार फल दिने देवता मानिन्छ। शनिले हरेक व्यक्तिलाई उसको कर्म अनुसार फल दिन्छन्। राम्रो कर्म गर्नेले शुभ फल प्राप्त गर्छ र गलत कर्म गर्नेलाई दण्ड दिन्छन्। जान्नुहोस् नयाँ वर्षमा कुन राशिका व्यक्तिलाई शनि गोचरले फाइदा दिनेछ…
मिथुन राशि

शनिले मकर राशि छोडेर कुम्भ राशिमा प्रवेश गर्दा मिथुन राशिका व्यक्तिहरुको समस्या कम हुनेछ। मिथुन राशिबाट शनि ढैय्या हट्नेछ। यस अवधिमा मंगल ग्रह परिवर्तनबाट आर्थिक लाभ हुनेछ। शनि र मंगलको प्रभावले तपाईंको भाग्य चम्किनेछ।
कर्कट राशि

कर्कट राशिमा सूर्य, बृहस्पति र शुक्रसँगै भएमा सकारात्मक परिणाम प्राप्त हुनेछ। कर्कट राशिका शनिदेव आठौं घरका स्वामी हुन्। जनवरी १७ मा शनि राशि परिवर्तनका कारण कर्कट राशिका व्यक्तिहरुलाई आर्थिक क्षेत्रमा लाभ मिल्नेछ। व्यापारीहरूले लाभ प्राप्त गर्नेछन्। रोकिएको धन प्राप्त हुन सक्छ। यात्राको सम्भावना रहेको छ।
तुला राशि

शनि तपाईंको राशिको पाँचौं घरमा प्रवेश गर्नेछ। शनि गोचरले यस राशिका मानिसले शनि ढैय्याबाट राहत प्राप्त गर्नेछन्। शनिको राशि परिवर्तनको प्रभावले आम्दानीमा वृद्धि हुन सक्छ। व्यापारीलाई फाइदा हुनेछ। रोजगारीको खोजीमा रहेका मानिसहरूले राम्रो समाचार पाउन सक्छन्।
धनु राशि

धनु राशि हुनेहरुका लागि शनिको गोचर लाभदायी साबित हुनेछ। शनिको गोचरले धनु राशिका व्यक्तिबाट शनिको साढेसाती हट्नेछ। शनि धनु राशिको तेस्रो घरको स्वामी हो। यस अवधिमा मान सम्मान मिल्नेछ। नोकरीमा पदोन्नति हुनुका साथै आम्दानीमा वृद्धि हुन सक्छ।
