नीति शाहले भेटिन् बलिउड अभिनेता सुनिल सेट्टी, फिल्ममा कहिले देखिने हुन् ?

पछिल्लो समयमा मोडल नीति शाहको निकै चर्चा बढेको छ। अहिले मानिसहरु उनको फिल्ममा हेर्न निकै आतुर भएका छन्। यस क्रममा नीतिले दुई फिल्मको लागि साइन गरेकी छिन्। निर्माता सन्तोष सेनको ‘हुतुतु’ र अनमोल केसीको साथमा फिल्म ‘एक्स ९’ मा साइन गरेकी छिन्। नितीले यी दुई फिल्मको लागि साइन गरे पनि यी फिल्मको निर्माण काम कहिलेबाट सुरु हुने निश्चित छैन।

अहिले नीति शाह भारत पुगेकी छिन्। त्यहाँ पुगेर उनले बलिउड अभिनेता सुनिल सेट्टीसँग भेट गरेकी छिन्। साथै उनले सामाजिक सञ्जालमा तस्बिर पनि सार्वजनिक गरेकी छिन्। उनले यो तस्बिरलाई आज परेको क्रिश्मसको शुभकामना दिँदै सार्वजनिक गरेको छिन्।

नीति र अनमोल केसीको अभिनय हुने भनिएको फिल्म ‘एक्स ९’ बलिउड अभिनेता सुनिल सेट्टी पनि देखिने भनिएको थियो तर यस विषयमा अहिलेसम्म आधिकारिक जानकारी आएको छैन साथै फिल्मको छायाङ्कन कहिलेबाट सुरु हुने भन्ने पनि अहिलेसम्म टुङ्गो लागेको छैन।

नीतिलाई अहिलेसम्म कुनै फिल्ममा देखिएकी छैनन् भने केही विज्ञापनमा भने काम गरेकी छिन् । तर पनि उनको लोकप्रियता निकै छ। जब उनी सामाजिक सञ्जालमा उनको कुनै भिडियो तथा तस्बिर सार्वजनिक गर्छिन्, भाइरल हुन् केही समय पनि लाग्दैन।

प्रकाशित : आइतबार, पुष १०, २०७९१२:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गर्भावस्थापछि अभिनयमा फर्कन व्यायाम गर्दै अभिनेत्री आलिया, भिडियो भयो भाइरल !