गर्भावस्थापछि अभिनयमा फर्कन व्यायाम गर्दै अभिनेत्री आलिया, भिडियो भयो भाइरल !

एजेन्सी- बलिउड अभिनेत्री आलियाले छोरीलाई जन्म दिएपछि लगातार मानिसको ध्यान आफूतर्फ खिचिरहेकी छिन्। अभिनेत्री अहिले उनको छोरीसँग तस्बिर भने कहिले उनले छोरीलाई जन्म दिएपछि उनमा आएको परिवर्तनको तस्बिरको कारण चर्चामा आउने गरेकी छिन्। अहिले अभिनेत्री आलिया शारीरिक व्यायाम गरिरहेको भिडियो भाइरल भइरहेको छ।

गर्भावस्थापछि महिलाको शरीरमा धेरै परिवर्तनहरू हुन्छन्। यस्तो अवस्थामा अभिनेत्रीहरुका लागि गर्भावस्थापछि आफ्नो शरीरलाई फि:ट तथा सन्तुलनमा राख्ने काम गर्नु सबैभन्दा महत्त्वपूर्ण हुन्छ। आलिया भट्टले पनि आफ्नो शरीरलाई सन्तुलनमा राख्न मेहनत गर्न थालेकी छिन्।


यो भिडियोमा आलिया भट्ट कसरत गरिरहेको देख्न सकिन्छ। भिडियोको क्याप्सनमा’ आलिया भट्ट एरियल योगा गर्दै’ भनेर  लेखिएको छ। आलिया भट्टको अनुहारमा पनि समर्पण प्रस्ट देखिन्छ। नायिका यस समय कडा मेहनत गरिरहेकी छिन्। कमेन्ट बक्समा मानिसहरुको कमेन्ट हेर्दा अचम्ममा परेको देख्न सकिन्छ। धेरैले आलियाको यो कामको प्रशंसा पनि गरेका छन्।

अभिनेत्रीले कसरत गरेको भिडियो सामाजिक सञ्जाल इन्स्टाग्राममा निकै छिटो भाइरल भइरहेको छ। जहाँ धेरैले आलियालाई उनको कममा उत्प्रेरित गरेका छन्। अहिलेको समयमा आलिया भट्ट र रणवीर कपूरकी छोरी राहा कपूरको एक झलक हेर्न धेरै मानिसहरू निकै उत्साहित छन्।

प्रकाशित : आइतबार, पुष १०, २०७९१६:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पठानको ओटीटी राइट्स बिक्री, यति महँगोमा बिक्यो ! कति ?