एजेन्सी बलिउड क्षेत्रका आफूलाई मन पर्ने कलाकारको व्यक्तिगत जीवनको बारेमा जान्न फ्यानहरू निकै उत्साहित हुन्छन्। चाहे त्यो उनको आगामी चलचित्र होस्, उनको जीवनसँग सम्बन्धित विशेष कुरा होस् वा बाल्यकालका तस्बिरहरू। यति बेला बलिउडका कलाकारको बाल्यकालको तस्बिरले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ।

केही समय पहिले देखि धेरै कलाकारको तस्बिरहरू सार्वजनिक भएको थियो। जसलाई हेरेर फ्यानहरुलाई उनीहरु को हुन् भन्ने अनुमान गर्न मुस्किल परेको थियो । यसै क्रममा अर्की शीर्ष नायिकाको बाल्यकालको तस्बिर सार्वजनिक भएको छ, जसलाई हेरेपछि मानिसहरुलाई अनुमान लगाउन मुस्किल परेको छ।

तस्बिरमा आमाको काखमा देखिएकी यी अभिनेत्री निकै सुन्दर देखिएकी छिन्। तस्बिरमा देखिएकी यी युवती जेनेलिया डिसुजाको बाल्यकालको तस्बिर हो। जेनेलिया डिसुजाको जन्म ५ अगस्ट १९८७ मा भएको थियो । उनले धेरै तेलुगु, हिन्दी, तमिल, कन्नड र मलयालम फिल्महरूमा काम गरेकी छिन्।

उनले सन् २००३ मा फिल्म ‘तुझे मेरी कसम’ बाट आफ्नो फिल्मी करियर सुरुवात गरेकी थिइन्। उनले टेलिभिजन शो ‘बिग स्वीच’ पनि होस्ट गरिसकेकी छिन्। व्यक्तिगत जीवनको कुरा गर्दा उनले अभिनेता रितेश देशमुखसँग विवाह गरेकी हुन् । रितेश महाराष्ट्रका पूर्व मुख्यमन्त्री स्वर्गीय विलासराव देशमुख र वैशाली देशमुखका छोरा हुन्। 
