एजेन्सी- दक्षिण भारतको क्षेत्रको चर्चित अभिनेता राम चरण र उनकी श्रीमती उपासनालाई भारतीय चलचित्र क्षेत्रको चर्चित जोडी मानिन्छ । विवाहको १० वर्षपछि रामचरण र उपासना आमाबुवा बन्न लागेका हुन् । हो, यो जोडी छिट्टै आमाबुवा बन्न लागेका छन् । कोनिडेला परिवारले आधिकारिक घोषणा गर्दै फ्यानहरुलाई खुसीको खबर दिएको छ ।
सुपरस्टार चिरञ्जीवीले रामचरण बुवा बन्न लागेको जानकारी दिएका छन्। साथमा रामचरणले पनि खबरको पुष्टि गर्दै लेखेका छन्- श्री हनुमान जीको आशीर्वादले उपासना र राम आफ्नो पहिलो सन्तानको प्रतीक्षामा छन् भन्ने जानकारी दिन पाउँदा हामी धेरै खुसी छु।
जुलाईमा, रामचरण र उपासनाले इटालीमा आफ्नो १० औँ विवाह वार्षिकोत्सव मनाएका छन् । राम र उपासनाको भेट कलेजको समयमा भएको थियो । लामो समयको प्रेम सम्बन्धपछि उनीहरुले सन् २०१२ मा विवाह गरेका थिए । उनको हैदराबादमा शाही परिवारमा विवाह भएको थियो । उनीहरुको विवाहमा धेरै ठूला व्यक्तित्वहरु सहभागी भएका थिए ।
रामचरणको वर्क:-फ्रन्टको बारेमा कुरा गर्दा, राम चरण अन्तिम पटक फिल्म आरआरआरमा देखिएका थिए। रामचरण छिट्टै ‘आरसी१५’ मा देखिनेछन्। फिल्ममा रामचरणसँगै कियारा आडवाणी मुख्य भूमिकामा देखिनेछिन् ।