सुशान्तको निधन भएको दुई वर्षपछि रियाको जीवनमा एक युवकको प्रवेश, को हुन् ती युवक ?  

एजेन्सी- बलिउड अभिनेत्री रिया चक्रवर्ती लामो समयदेखि ठूलो बलिउड क्षेत्रबाट टाढा छिन्। सुशान्त सिंह राजपूतको मृत्युपछि रिया चक्रवर्तीको नाम धेरै चर्चामा आएको थियो, त्यस बेलादेखि उनी फिल्मी क्षेत्रबाट टाढा छिन्। अहिले उनीहरु फेरि प्रेममा परेको खबर सार्वजनिक भएको छ।

सन् २०२० मा स्वर्गीय अभिनेता सुशान्त सिंह राजपूतको निधनको खबरले सबैलाई चकित बनाएको थियो । अभिनेताको मृत्युपछि रिया चक्रवर्तीको समस्या निकै बढेको थियो । सुशान्त सिंहको राजपूत मृत्यु प्रकरणमा ड्र:ग्सको आरोपमा रिया चक्रवर्तीलाई पनि पक्राउ गरिएको थियो । सुशान्त सिंह राजपूतको मृत्युपछि रिया चक्रवर्तीले निकै कठिन अवस्थाबाट गुज्रनु परेको थियो ।

यो मुद्दासँग सम्बन्धित लागू औषध मुद्दामा उनी र उनका भाइले केही समय जेलमा बिताएका थिए । तर उनी केही दिनपछि बाहिर आएकी थिइन् ।  अहिले नायिकासँग जोडिएको एउटा ठूलो खबर बाहिर आएको छ । सुशान्त सिंह राजपूतको मृत्यु भएको दुई वर्षपछि अभिनेत्रीको जीवनमा प्रेम फर्किएको खबर सार्वजनिक भएको छ ।

रिया चक्रवर्तीको जीवनमा एक व्यक्तिको प्रवेश भएको भारतीय मिडिया रिपोर्टमा आएको छ, जसलाई उनी असाध्यै माया गर्छिन् । त्यो व्यक्ति अरु कोही होइन सोनाक्षी सिन्हाका पूर्व प्रेमी सजदेह हुन् ।

रिया चक्रवर्ती सोहेल खानकी पूर्व पत्नी सीमा सजदेहका भाइ बन्टी सजदेहसँग प्रेममा परेको खबर सार्वजनिक भएको छ। रिपोर्टमा थप भनिएको छ कि रिया र बन्टी सँगै छन् र खुसी छन्। बन्टी खेलकुद र मनोरन्जन जगतको सबैभन्दा ठूलो ट्या:-लेन्ट म्याने:-जमेन्ट फर्मका मालिक हुन् र बन्टी  सजदेह एक समय सोनाक्षी सिन्हाका प्रेमी थिए।

प्रकाशित : शुक्रबार, मङि्सर २३, २०७९१६:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउडमा ३४ वर्ष राज गरिसके यीमध्ये एक बच्चाले, संसारभर छन् फ्यान्स, बताउनुस् नाम