बलिउडमा ३४ वर्ष राज गरिसके यीमध्ये एक बच्चाले, संसारभर छन् फ्यान्स, बताउनुस् नाम

काठमाडौँ : आज हामी तपाईका लागि बलिउडको चर्चित परिवारको तस्बिर ल्याएका छौं। एउटा भाइरल तस्विर, जसमा तपाईले जम्मा चार बच्चा देख्न सक्नुहुन्छ। तीन बालक र एक बालिका। यी तीनै बालक सहोदर दाजुभाई हुन् र उनीहरुसँग उभिएकी कान्छी बहिनी हुन्। यी तीनै बालकहरु बलिउड अभिनेता बनेका छन्।

तस्बिर हेरेपछि धेरैले उनीहरु को हुन् भनेर चिनिसक्नुभयो होला। यदि चिन्न सक्नुभएन भने हामी तपाईलाई बताउँछौँ। यो तस्बिर बलिउडको चर्चित खान परिवारको हो। तस्बिरमा चर्चित अभिनेता सलमान खान, उनका भाइहरू अरबाज खान, सोहेल खान र त्यसपछि उनकी बहिनी अलवीरा खान अग्निहोत्री देखिएका छन्।

यो तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भईरहेको छ। सलमान खान, अरबाज खान र सोहेल खान बाल्यकालमा कस्तो देखिन्छ भनेर तपाईले झलक देख्नुभईहाल्यो। तीनैजना आफ्नी बहिनी अलविरा खान अग्निहोत्रीसँग पोज दिइरहेका छन्। यो तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ र प्रयोगकर्ताहरुले यसलाई निकै मन पराइरहेका छन्।

सलमान खान बायापट्टि सेतो टिशर्टमा देखिएका छन्। उनीसँगै अरबाज पनि छन्। सोहेल अरबाजको नजिक उभिएका छन् भने उनकी बहिनी अलविरा सोहेलको नजिक छिन्। सलमान, अरबाज र सोहेलले जस्तै उनकी बहिनी अलविराले भने बलिउडमा काम गरेकी छैनन्। अलविराले बलिउड अभिनेता अतुल अग्निहोत्रीसँग विवाह गरेकी हुन्।

हिन्दी सिनेमामा तीन भाइमध्ये सलमान खान सबैभन्दा सफल भएका छन्। या भनौँ सलमान खान मात्र सफल भएका छ्हन। सलमानले आफ्नो कामबाट विश्वभर विशेष पहिचान बनाएका छन्। संसारभर उनको करोडौँ  फ्यान्स छन्। सलमानले करिब ३४ वर्षदेखि बलिउडमा काम गरिरहेका छन् ।

सलमानले सन् १९८८ मा हिन्दी सिनेमामा डेब्यू गरेका थिए। यहीँ वर्ष उनको पहिलो फिल्म ‘बीवी हो तो ऐसी’ आएको थियो। यद्यपि यसमा सलमान सहायक रोलमा थिए र उनको भूमिका निकै कम थियो। उनले १९८९ मा आएको फिल्म ‘मैंने प्यार किया’ बाट मुख्य कलाकारको रुपमा आफ्नो करियर सुरु गरेका थिए। यो फिल्ममा उनको हिरोइन भाग्यश्री थिईन्। यो उनको पनि पहिलो फिल्म थियो। दुवैको यो फिल्म हिट भएको थियो।

सलमान खानको वर्कफ्रन्टको कुरा गर्ने हो भने सन् २०२३ मा उनका दुई ठूला फिल्म ‘टाइगर ३’ र ‘किसी का भाई किसी की जान’ आउँदैछन्। एउटा फिल्म दिपावली र अर्को फिल्म ईदको अवसरमा रिलिज हुने तयारीमा छ।

प्रकाशित : आइतबार, मङि्सर २५, २०७९१३:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

टाइगरसँगको प्रेम सम्बन्धमा फाटो आएपछि नयाँ प्रेमीको साथमा रमाउँदै दिशा को हुन् यी युवक ?