यी हुन् शाहरुख खानकी अभिनेत्री, बलिउड क्षेत्रमा छ उनको चर्चा-प्रशंसा !

आफूलाई मन पर्ने कलाकार सम्बन्धित सबै कुरा जान्नका लागि फ्यानहरू निकै उत्साहित हुन्छन्। उनिहरुको व्यक्तिगत र व्यावसायिक जीवन मात्र नभई उनका बाल्यकालका तस्बिरलाई लिएर पनि फ्यानहरु निकै उत्साहित हुन्छन् । फ्यानहरू आफ्ना मनपर्ने कलाकार बाल्यकालमा कस्ता देखिन्थे भनेर हेर्न चाहन्छन्।

यतिबेला केही बलिउड कलाकारको बाल्यकालको तस्बिरले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ। अहिले धेरै कलाकारको बाल्यकालको तस्बिरहरु सार्वजनिक भएको छ। अहिले एक शीर्ष नायिकाको बाल्यकालको तस्बिर सार्वजनिक भएको छ, जसलाई हेरेपछि मानिसहरुलाई अनुमान लगाउन मुस्किल परेको छ कि यी अभिनेत्री को हुन् ?

भाइरल भइरहेको यो तस्बिरमा एक बालिका आफ्नो भाइसँग देखिएकी छिन्। यो प्यारी केटी कुनै समय शाहरुख खानकी हिरोइनको भूमिका निभाएकी छिन्। उनी पाकिस्तानकी हुन् र त्यहाँकी चर्चित अभिनेत्री हुन् । तर, यसको लोकप्रियता भारतमा पनि कम छैन।

आफ्नो सौन्दर्य र प्रतिभाका कारण उनलाई लाखौँ मानिसले मन पराउँछन्। यी चर्चित अभिनेत्री माहिरा खानको बाल्यकालको तस्बिर हो। शाहरुख खानसँग काम गर्ने मौका पाएकी पाकिस्तानी अभिनेत्रीको सूचीमा माहिरा खानको नाम पनि परेको छ। बलिउडको एक्सन फिल्म ‘रईस’ मा माहिरा शाहरुखको अपोजिटमा मुख्य भूमिकामा देखिएकी थिइन्। माहिरा खानले आफ्नो अफिसियल इन्स्टा खातामा भाइ हिसान खानसँगको यो तस्बिर सेयर गरेकी छिन्। तस्बिरमा माहिरा र हिसान फरक–फरक स्टा-इलमा देखिएका छन्। यी मध्ये दुई तस्बिर माहिरा र हिसानको बाल्यकालको हो।

प्रकाशित : बिहिबार, मङि्सर २२, २०७९१३:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दिदीको साथमा देखिएका यी बालक हुन् बलिउडमा अहिलेको चर्चित अभिनेता, करोडौँ मनमा गरेका छन् राज!