ज्योतिषशास्त्र अनुसार जसको कुण्डलीमा शनि र मंगलको स्थिति कमजोर हुन्छ। उनीहरुले धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ, व्यापारमा घाटासँगै धनमालको घाटा हुने मान्यता रहेको छ। यस्तो अवस्थामा शनिदेव र हनुमानको पूजामा आ-आफ्नो मनपर्ने फूल चढाउनु फलदायी हुने बताइएको छ।
ज्योतिषशास्त्रका अनुसार शनिदेव क्रूर ग्रह र मंगल ग्रहलाई साहस, धैर्य र बहादुरीको कारक मानिन्छ। जसको राशिफलमा यी दुवै ग्रह अनुकूल स्थितिमा हुन्छ, उनिहरुलाई धेरै फाइदाहरू छन्। त्यस्तै कुण्डलीमा कमजोर स्थिति हुँदा समस्याहरूको सामना गर्ने पर्ने हुन्छ। ज्योतिष शास्त्रमा धेरै उपायहरुको वर्णन गरिएको छ। यी उपायहरूमा फूलको महत्त्व बताइन्छ।
मान्यता अनुसार हनुमानलाई रातो रङ निकै प्रिय हुन्छ। ज्योतिषशास्त्र अनुसार मंगलबार हनुमानको पूजामा रातो गुलाब, रातो सखर वा अन्य कुनै रातो रंगको फूल चढाउनुपर्छ। यसो गर्दा समस्याबाट मुक्ति मिल्छ र कुण्डलीमा मंगल दोषको प्रभाव पनि कम हुन्छ। साथै रातो फूल चढाउँदा हनुमान प्रसन्न हुने र उनको कृपाले सङ्कटबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ।
ज्योतिष शास्त्र अनुसार शनिदेवलाई कालो र नीलो रंग धेरै मन पर्छ। जसमाथि शनिदेवको साढे साती र ढैय्या चलिरहेको छ, उसले शनिबार शनिदेवको पूजामा लाजवन्तीको फूल चढाउनुपर्छ। त्यसै गरी शनिदेवको पूजामा आकको फूलको पनि बढी महत्व रहेको छ । यसबाट शनिदेव प्रसन्न हुने जनविश्वास छ। यसका साथै साढे साती र ढैय्याको प्रभाव पनि कम हुन्छ र शनिदेवको कृपा प्राप्त हुन्छ। साथै आर्थिक वृद्धि हुने मान्यता पनि छ ।