पुष १ गतेबाट बन्दैछ सूर्य, बुध र शुक्रको त्रिग्रही योग, यी ४ राशिमाथि आइपर्नेछ सङ्कट

काठमाडौँ : धनु राशिमा बुधको राशि परिवर्तन मङ्सिर १७ गते शनिबार भईसकेको छ। त्यसपछि मङ्सिर १९ गते सोमबार शुक्र धनु राशिमा गोचर गरेको छ र अब सूर्य पुष १ गते शुक्रबार धनु राशिमा प्रवेश गर्दैछ। पुष १ गते धनु राशिमा बुध, शुक्र र सूर्यको मिलन हुनेछ। यस संयोगबाट बुधादित्य र लक्ष्मी नारायण योग निर्माण हुँदैछ। सूर्य र शुक्रको योगबाट युति योग पनि बन्दैछ तर यसले ४ राशिका व्यक्तिलाई समस्यामा पार्दैछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

वृष राशिका यो योग मिश्रित फलदायी रहनेछ। आफन्तसँग मनमुटाव भएमा विवादमा फस्न सक्नुहुन्छ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। धन हानि हुन सक्छ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सिंह राशिका लागि यो त्रिग्रही योग मिश्रित फलदायी रहनेछ। खर्च धेरै हुनेछ र आफ्नो रिसलाई नियन्त्रण गर्न नसके घाटा बेहोर्नु पर्नेछ। तपाईको राम्रो व्यवहारले भविष्य निर्धारण गर्नेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

वृश्चिक राशिका लागि यो संयोग मिश्रित फलदायी साबित हुनेछ। यद्यपि व्यापार-व्यवसायमा आबद्द मानिसहरुका लागि यो संयोग शुभ रहनेछ। तपाईको आम्दानीमा वृद्धि हुनेछ। घरपरिवारमा खुसी छाउनेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मकर राशिका लागि यो योग मिश्रित फलदायी साबित हुनेछ। मिहिनेतले करियरमा सफलता मिल्नेछ। नोकरीपेशामा बदलावलाई महत्व दिनुहोला। व्यापारी तथा व्यवसायीले सोचविचार गरेर निर्णय लिनुहोला।

प्रकाशित : बिहिबार, मङि्सर २२, २०७९१२:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साझको समय भुलेर पनि नगर्नुहोस् यी ५ काम, भइने छ कंगाल: भुलेर पनि नगर्नुहोस् यस्ता गल्ती !