मोक्षदा एकादशीमा भुलेर पनि गर्न हुँदैन यस्ता काम, अवश्य ध्यानमा राख्नुहोस् !

हिन्दु धर्ममा मोक्षदा एकादशीको विशेष महत्त्व छ । धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पक्षमा मोक्षदा एकादशी मनाइन्छ। शास्त्र अनुसार मोक्षदा एकादशीका दिन पितृको मोक्षको लागि मानिसहरुले व्रत बस्ने गर्दछ । धार्मिक मान्यता अनुसार यस दिन व्रत बस्ने आफ्ना भक्तहरुको सबै मनोकामना भगवान विष्णुले पूरा गर्नेछन् । मोक्षदा एकादशीलाई वर्षको सबैभन्दा महत्त्वपूर्ण एकादशी मानिन्छ। शास्त्रका अनुसार मोक्षदा एकादशीको व्रत गर्दा केही कुरामा ध्यान दिनुपर्छ ।

मोक्षदा एकादशी 
यस दिन भगवानको पूजा उचित तरिकाले गर्नुपर्छ। एकादशीको व्रत राख्नेहरूले व्रतको पारण गर्नु पर्दछ। बिहानैको समयमा फलाहार गर्नु पर्दछ।  पूर्ण समर्पण र भक्तिका साथ भगवानको आराधना गर्नुहोस्। दिनको समयमा भगवान कृष्णको जप वा ध्यान गर्नुहोस्।

मोक्षदा एकादशीको दिन नगर्नुहोस् यस्ता काम
मोक्षदा एकादशीको दिन भगवान विष्णुलाई तुलसीको पात अर्पण गर्न, एक दिन पहिले पातहरू टिपेर राख्नुहोस्। यस दिन भूलवश पनि अन्न खानु हुँदैन। यस दिन मांसाहारी खाना नखानुहोस्। गल्तीले पनि मदिरा सेवन नगर्नुहोस्।

प्रकाशित : मङ्गलबार, मङि्सर २०, २०७९१७:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज मार्गशीर्ष पूर्णिमाको दिन गर्नुहोस् यी भगवानको पूजा, हुनेछ हरेक मनोकामना पूरा !