हिले विवाहको सिजन चलेको छ। अहिले सर्वसाधारण देखि विभिन्न कलाकारलाई विवाहको रौनकले छोएको छ। यस क्रममा अहिले अभिनेत्री सवास्तिमा खड्काको केही तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ। तस्बिरमा अभिनेत्री साडीमा सजिएर देखिएकी छिन्।

अभिनेत्री अहिले नायक संयम पुरी र नायिका आश्मा डीसीको बिहेमा मेहेन्दीदेखि बिहे समारोहसम्म उपस्थित थिइन्। जुन तस्बिर अहिले पनि सामाजिक सञ्जालमा पाउन सकिन्छ।

अहिले अभिनेत्रीले सामाजिक सञ्जालमा विवाहको रङ्ग लेख्दै केही तस्बिर सार्वजनिक गरेकी छिन्। तस्बिरमा अभिनेत्री स्वस्तिमा गाडा निलो बुट्टे साडीमा र गुलाबी ब्लाउजमा देखिएकी छिन्। साथै अभिनेत्रीलाई उनले लगाएको चस्माले झनै सुन्दरता थपेको छ।

पछिल्लो समयमा अभिनेत्री चलचित्र ‘चपली हाइट ३’ मा देखिएकी देखिएकी थिइन् । कोरोना बढेको बन्दै हलहरु बन्द भएपछि अहिले फागुन १ गतेबाट हल खुले पनि फिल्म हेर्ने दर्शक खासै देखिएका छैनन् । यस फिल्मका निर्देशक दिपेन्द्र के खनाल हुन् भने यस फिल्मका निर्माता अर्जुन कुमार हुन् ।

जब अभिनेत्रीले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्छिन् भाइरल हुन केही पनि समय लाग्दैन। केही समय पहिले अभिनेत्री उनको श्रीमान् निश्चल बस्नेतको साथमा देखिएकी थिइन् । उक्त तस्बिर निकै नै भाइरल भएको छ ।