डिसेम्बरमा ३ ग्रहले गर्नेछन् गोचर : यी ४ राशिको चम्किनेछ भाग्य, करियर-कारोबारमा छ सफलताको योग

काठमाडौँ : वैदिक ज्योतिष अनुसार केही ग्रहले प्रत्येक महिना राशि परिवर्तन गर्छन्। जसको प्रभाव मानव जीवन र देश-दुनियाँमा पर्छ। आउँदो डिसेम्बर महिनामा तीन ग्रहहरुले आफ्नो राशि परिवर्तन गर्दैछन्। त्यस्तै बुध र शुक्रले डिसेम्बरमा दुई पटक गोचर गर्नेछन्। जबकि सूर्यदेवले एक पटक मात्र गोचर गर्नेछ। यी राशि परिवर्तनको प्रभाव सबै राशिहरुमा देखिनेछ। तर यस महिनामा १२ राशिहरुमध्ये ४ राशिलाई आकर्षक धनलाभ र करियरमा प्रगतिको योग बन्ने देखिन्छ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशिका लागि डिसेम्बर महिना शुभ फलदायी साबित हुन् सक्छ। किनकी कुण्डलीमा सूर्यदेवको स्थिति निकै बलवान् हुनेछ। यसका साथै कार्य–व्यवसायमा राम्रो सफलता मिल्नेछ। यो महिना भाग्यले पनि साथ दिनेछ। यसका साथै करियरमा केही नयाँ जिम्मेवारी पनि पाउन सकिन्छ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

कर्कट राशिका लागि डिसेम्बर महिना लाभदायी साबित हुन सक्छ। सूर्य र चन्द्रमाको संयोग तपाईको लागि लाभकारी सिद्ध हुन् सक्छ। साथै यस समयमा भौतिक सुख-सुविधा प्राप्त हुनेछ। साथै यस अवधिमा सवारी साधन र जग्गा-जमिन खरिद-बिक्रीको मन बन्न सक्छ। यस समयमा मान-सम्मानमा वृद्धि हुनेछ। साथै राजनीतिमा सक्रिय व्यक्तिहरूले नयाँ पद पाउन सक्छन्।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सिंह राशिका लागि डिसेम्बर महिना अनुकूल सिद्ध हुन् सक्छ। यो महिना अचानक आर्थिक लाभ हुन सक्छ। योसँगै पुरानो लगानीबाट पनि लाभको योग बनेको छ। व्यापार-व्यवसायमा व्यक्तिहरुले यो महिना विशेष मुनाफा कमाउनेछन्। यो महिना तपाईले आफ्नो कारोबार विस्तार पनि गर्न सक्नुहुन्छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

तुला राशिका व्यक्तिहरूलाई डिसेम्बर महिनामा भरपूर आर्थिक लाभ हुन् सक्छ। यससँगै अलपत्र परेका कामहरू पूरा हुनेछन्। लामो समयदेखि कतै रोकिएको धन फिर्ता हुनेछ। व्यापार व्यवसाय गर्नेलाई धेरै फाइदा हुनेछ। शुक्रको प्रभावले आर्थिक लाभ हुनेछ। साथै, यो महिना तपाईले व्यापारिक कामको लागि सानो वा ठूलो यात्रा पनि गर्न सक्नुहुन्छ।

प्रकाशित : आइतबार, मङि्सर ११, २०७९१३:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२०२३ मकर, धनु र कुम्भ राशिका लागि छ धेरै खास, शनि महाराजले दिनेछन् राम्रो कर्मको लाभ