२०२३ मकर, धनु र कुम्भ राशिका लागि छ धेरै खास, शनि महाराजले दिनेछन् राम्रो कर्मको लाभ

काठमाडौँ : सन् २०२३ मा केही राशिले शनिको ढैया र साढेसातीबाट मुक्ति पाउनेछ अर्थात् राहत पाउनेछ। समग्रमा हेर्दा आगामी वर्ष उनीहरुका लागि निकै राम्रो रहनेछ। विशेषगरी मकर, धनु र कुम्भ राशिका व्यक्तिहरुलाई शनि महाराजको कृपा मिल्नेछ। उनीहरुले आफ्नो मिहिनेत र राम्रो कर्मको फल पाउँछन् तर कुनै अशुभ कर्म गरेमा भने शनिको कुम्भ राशिमा परिवर्तनको फल प्राप्त हुँदैन।

शनि राशि परिवर्तन : – शनिदेवले १७ जनवरी सन् २०२३ मा मकर राशि छोडेर कुम्भ राशिमा गोचर सुरु गरेको थियो।

शनिको साढेसातीको प्रभाव : –

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

१७ जनवरी सन् २०२३ मा धनु राशिका जातकले शनिको साढेसातीबाट पूर्ण रुपमा मुक्ति पाउनेछ। शनिदेवको कृपाले रोकिएका सबै काम पुरा हुनेछन्। घर परिवारमा सुख शान्तिका साथै समृद्धि पनि बढ्नेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मकर राशिका लागि शनिको साढेसाती २६ जनवरी सन् २०१७ बाट सुरु भएको थियो। यो २९ मार्च सन् २०२५ मा समाप्त हुनेछ। तर २०२३ मा शनिले कुम्भ राशिमा प्रवेश गरेसँगै यस राशिले राहत पाउनेछ र सन् २०२३ उनीहरुका लागि सुख समृद्धिले भरिपूर्ण रहनेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

२९ अप्रिल २०२२ मा शनि कुम्भ राशिमा गएको थियो। त्यसपछि ५ जुनमा शनि यहीँ राशिमा वक्री भयो। त्यसपछि १२ जुलाईमा वक्री शनिले मकर राशिमा प्रवेश गर्यो। २३ अक्टोबरमा शनि मकर राशिमा मार्गी भएको थियो। १७-१८ जनवरी २०२३ मा शनि कुम्भ राशिमा प्रवेश गरेको छ, जहाँ यो सन् २०२५ सम्म रहनेछ। कुम्भमा शनिको आगमनले कुम्भ राशिका व्यक्तिहरूलाई शनिको साढेसातीबाट धेरै हदसम्म राहत मिल्नेछ। सोचेका काम पुरा हुनेछन् ।

शनिको ढैय्याको प्रभाव समाप्त : – 

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

१७ जनवरी सन् २०२३ देखि शनि मार्गी हुँदा मिथुन राशिमा ढैय्याको प्रभाव पूर्ण रुपमा समाप्त हुनेछ। शनिदेवको कृपाले सबै प्रकारका संकटहरू हटेर सबै मनोकामना पूरा हुनेछन्। आर्थिक स्थितिमा सुधार आउनेछ ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

१७ जनवरी २०२३ देखि शनि मार्गी हुँदा तुला राशिमा पूर्ण रुपमा ढैय्याको प्रभाव समाप्त हुनेछ। तुला राशिमा शनि ढैय्या २४ जनवरी २०२० देखि चलिरहेको छ। शनिदेवको कृपाले स्वास्थ्यमा सुधार आउनेछ। जग्गा तथा भवन सम्बन्धी कार्य सम्पन्न हुनेछन् ।

प्रकाशित : आइतबार, मङि्सर ११, २०७९२१:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

वर्ष २०२३ यी राशिका लागि रहनेछ निकै भाग्यशाली, के तपाई पनि बन्नुहुनेछ भाग्यमानी ?