काठमाडौँ : कलाकार, निर्माता तथा निर्देशक दीपक राज गिरीलाई पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय पाउन सकिन्छ । दीपक राज गिरीले प्राय: समसामयिक, सामाजिक, राजनीतिक घटनाहरुबारे सामाजिक सञ्जालमा व्यङ्ग गरिरहन्छन्। सोमबार उनले अब मतगणनापछि देशमा राजनीतिक माहोल कस्तो होला भनेर आफ्नो विचार राखेका छन्।
उनले लेखेका छन् – आज म लेख्दैछू …….
सम्पूर्ण मत गणना पछि के होला ?
मेरो बिचारमा सम्पूर्ण मत परिणाम आएपछि
माओबादीका साथिहरूले कॉग्रेस इमानदार नभएको आरोप लगाउने छन् अनि यस बारेमा शेर बहादुर देउवाको स्पष्टीकरण आउनेछ र त्यो स्पष्टीकरण नबुझेर रणभूल्ल हूदै आगामी गठबन्धन को संग गर्ने भनेर फेरी हिसाब किताब गर्न थाल्नेछन् !
यता एमालेजनहरू समाजवादी को साइज देखेर प्रसन्न हुंदै आफ्नो हालतमा चिन्ता गर्ने छैनन …
उता समाजवादीहरू आफूले कति ठॉउमा जितियो भन्दा पनि एमालेलाइ यति ठॉउमा हराउन सकियो भनेर कृत्रिम खुशि मनाउने छन् …
कॉंग्रेसहरू देउवाले नेतृत्व छोड्नु पर्ने आबाज फेरी उठाउन थाल्ने छन भने जस्लाइ देउवा गुटका सॉसदहरूले देउवालाइ नेपाली कॉग्रेसको निर्विकल्प नेता घोषित गर्दै अर्को निर्बाचनमा उनकै नेतृत्वमा बहुमत ल्याउने गरेर रणनीति बनाएर अगाडि बढ्नु पर्ने जिकिर गर्ने छन् !
राप्रपाले चाहि स्थित पोहोर भन्दा राम्रै रहेको
तर घन्टी आएर आफ्नो पक्षको भोट चोरेर लगेको तर आफ्नो भबिष्य राम्रै रहेको बिश्लेषण गर्नेछ !
मधेसी दल सधै झै आफ्नो जीत हुन नसकेकोमा चिन्ता गर्नु भन्दा “ न मेरा हुआ न तेरा हुआ “
भन्दै एक अर्काको घरमा लागेको आगो तापेर
खुशि मनाउने छन् …अनि घन्टी???
मुसुमुसु हॉसेर अघि देखि घन्टीको बारेमा के लेख्ला भनेर सोचिरहनु भा होला होइन ?
त्यो लेख्दिन महसूस मात्रै गर्छू !
सफलता संग मुस्कान मात्रै होइन चुनौती पनि टॉसिएर आएको हुनेछ! त्यो सबैले बुझ्नु पर्छ !
यो मेरो सबै अनुमान गलत पनि हुन सक्ला , तर प्रजातन्त्र हो , बिना कुनै पूर्वाग्रह अनूमान त गर्न पाइयो नि ! होइन र?
जय नेपाल !!!