जन्मदिनको अवसरमा साम्राज्ञीले शेयर गरिन् आफ्ना तस्बिरहरु, भयो लोभलाग्दो जिउडालको प्रशंसा

काठमाडौँ : अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी मङ्सिर २ गते शुक्रबारबाट २७ वर्ष टेकेकी छिन्। उनको जन्म वि.सं २०५२ साल मंसिर २ गते भएको हो। माता नेहा राज्यलक्ष्मी शाह र पिता महेश विक्रम शाहको कोखबाट जन्मिएकी साम्राज्ञीले चलचित्र ‘ड्रिम्स’बाट नेपाली चलचित्र उद्योगमा कदम राखेकी हुन्।

उनले जन्मदिनको अवसर पारेर आफ्ना केही लोभलाग्दा तस्बिरहरु शेयर गरेकी छिन। यसका साथै जन्मदिनको अवसर पारेर उनले माघ २० गतेबाट प्रदर्शनमा आउन लागेको आफ्नो चलचित्र ‘ह्यारी कि प्यारी’ को तीनवटा आधिकारिक पोस्टर सार्वजनिक गरेकी छिन्। पोस्टरमा अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह देखिएका छन्।

कमेडी जनरामा निर्माण भएको सामाजिक पारिवारिक चलचित्रको बीआर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ। चलचित्रमा अभिनेत्री रेखा थापा विशेष भूमिकामा देखिँदैछिन्।

डा. कपिल रिजालको प्रस्तुति रहेको चलचित्रमा रिजाल स्वयंको कथा तथा निर्देशन, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यू निरवीले चलचित्रको कथा लेखेका हुन्।

प्रकाशित : सोमबार, मङि्सर ०५, २०७९१६:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आफ्ना फ्यानको धड्कन बढाउँदै अभिनेत्री त्रिधा, सार्वजनिक गरिन् यस्ता तस्बिर !