आफ्ना फ्यानको धड्कन बढाउँदै अभिनेत्री त्रिधा, सार्वजनिक गरिन् यस्ता तस्बिर !

एजेन्सी- प्रकाश झा निर्देशित लोकप्रिय वेब सिरिज ‘आश्रम’ बाट चर्चामा रहन सफल त्रिधा चौधरीले आज आफ्नो २९ औं जन्मदिन मनाइरहेकी छिन् । पश्चिम बंगालको कोलकातामा जन्मेकी त्रिधाले सन् २०१३ देखि दर्शकलाई विभिन्न मध्यमबाट मनोरञ्जन दिइरहेकी छिन् । उनले विभिन्न बंगाली, तेलुगु र हिन्दी फिल्म र टिभि कार्यक्रमहरूमा काम गरेका छन्। तर, वेब सिरिज ‘आश्रम’ मा बबिताको भूमिकालाई मानिसहरूले निकिया रुचाएका छन् ।

सन् २०२० मा आएको वेब सिरिज ‘आश्रम’ मा त्रिधाले सत्तीकी पत्नी बबिताको भूमिका निभाएकी थिइन् । एउटी केटी जसलाई आश्रमका मानिसहरूले वेश्यालयबाट ल्याउछन् र आश्रममा काम गर्ने केटासँग बिहे गर्छन्।

त्रिधा चौधरीले बबी देओल अभिनित यो सिरिजबाट निकै चर्चा कमाएकी थिइन् । यो सिरिजमा बबी देओलले मुख्य भूमिका निभाएका थिए । ‘आश्रम’ ले यति ठूलो प्रतिक्रिया पाएको छ कि अहिलेसम्म यसको ३ सिजन आइसकेको छ । य शोमा बबी देओलले धूर्त बाबाको भूमिका निभाएका छन्, जसले आश्रमको आडमा धेरै नराम्रा काम गर्छन् ।

अहिले त्रिधा अभिनयमा जस्तै सामाजिक सञ्जालमा पनि निकिया सक्रिय छिन् । जब अभिनेत्री त्रिधा कुनिया तस्बिर तथा भिडियो सार्वनिक गर्छिन् भाइरल हुन् केही समय पनि लाग्दैन ।

प्रकाशित : मङ्गलबार, मङि्सर ०६, २०७९१३:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अमिताभ बच्चनदेखि शाहरुख खानसम्म : पत्नीको आपत्तिका कारण यी अभिनेत्रीहरुसँग गर्दैनन् काम