काठमाडौँ : – वैभव र धनका दाता शुक्र ग्रह उदय हुँदैछ। शुक्र ग्रह गत असोज १६ गते(अक्टोबर २ तारिख) आइतबार अस्ताएको थियो र अब मङ्सिर ४ गते आइतबार राति उदय हुँदैछ। जसको प्रभाव सबै राशिका मानिसहरुमा देखिनेछ। तर यस्ता ३ राशि छन् जसको भाग्य यस समयावधिमा चम्किनेछ। उनीहरुले करियर र कारोबारमा सफलता हासिल गर्नेछन्। आउनुहोस् जानौँ ती राशिहरु कुन-कुन हुन् त ?
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

शुक्र ग्रहको उदय तपाईको लागि लाभदायक साबित हुन सक्छ किनकी तपाईको राशिमा शुक्र ग्रहको उदय हुनेछ। त्यसैले यस समयमा तपाईको स्वास्थ्यमा सुधार आउनेछ। साथै शुक्र ग्रहको दृष्टि गोचर तपाईको कुण्डलीको सातौँ भावमा पर्दैछ। त्यसैले यस समयमा तपाईले जीवनसाथीको पूर्ण सहयोग प्राप्त हुनेछ। यसका साथै दाम्पत्य जीवन मधुर रहनेछ। अविवाहित मानिसहरुले विवाहको प्रस्ताव प्राप्त गर्न सक्छन्। आम्दानी बढ्ने सम्भावना छ। आयका श्रोतहरु बढ्नेछन्।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

शुक्रको उदय तपाईको लागि करियर र व्यापारको हिसाबले राम्रो साबित हुन सक्छ। शुक्र ग्रहको उदय तपाईको राशिको नवम भावमा हुँदैछ। यो भाग्य र विदेश यात्राको भाव हो। शुक्रको उदय भएसँगै तपाईको भाग्योदय हुनेछ। यसका साथ-साथै व्यापारको सिलसिलामा सानो वा ठूलो यात्राको अवसर जुर्न सक्छ। विदेश जाने सोचमा रहेकाहरू यो अवधिमा जान सक्छन्। साथै, यस समयमा तपाईले व्यापारमा राम्रो लाभ प्राप्त गर्न सक्नुहुनेछ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

शुक्र ग्रहको उदय तपाईको लागि अनुकूल साबित हुन सक्छ। यस समयमा तपाईको व्यापार-व्यवसाय विस्तार हुन सक्छ। यसका साथै रोजगारीमा जानेहरुले पनि नयाँ अवसर पाउनेछन्। तपाईको आर्थिक स्थितिमा पनि सुधार हुनेछ। यस समयमा तपाईले पुरानो लगानीबाट फाइदा लिन सक्नुहुन्छ। यसका साथै लामो समयदेखि रोकिएका कामहरू कुम्भ राशिका व्यक्तिहरूले पूरा गर्न सक्नेछन्।
