कुम्भसहित यी ६ राशिलाई ३ डिसेम्बरसम्म मालामाल बनाउनेछ बुधादित्य योगले

काठमाडौँ : १३ नोभेम्बरमा बुधदेव तुला राशिबाट वृश्चिक राशिमा आएको थियो। १६ नोभेम्बरमा ग्रहहरुको राजा सूर्यले पनि यहीँ राशिमा प्रवेश गरेपछि बुधादित्य योगको निर्माण भएको थियो। अब डिसेम्बर ३ तारिखमा बुधको राशि परिवर्तनसँगै बुधादित्य योग समाप्त हुनेछ। ज्योतिषीहरुका अनुसार वृश्चिक राशिमा बनेको बुधादित्य योगले ३ डिसेम्बरसम्म ६ राशिका जातकको भाग्य चम्काउनेछ। आउनुहोस् जानौं ती भाग्यशाली राशिहरू कुन-कुन हुन्।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : – 

वृश्चिक राशिमा सूर्य-बुधको योगले बनेको बुधादित्य योग कर्कट राशिका जातकका लागि निकै शुभ रहनेछ। सन्तानको लागि समय निकै राम्रो रहनेछ । परीक्षामा राम्रो नतिजा ल्याउन सक्छन्। यस अवधिमा सन्तानको सुख पनि प्राप्त गर्न सकिन्छ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : – 

वृश्चिक राशिमा बनेको बुधादित्य योग कन्या राशिका जातकका लागि पनि निकै राम्रो रहनेछ। तपाईको पराक्रममा वृद्धि हुनेछ। भाग्यको पूर्ण साथ मिल्नेछ। दाजुभाइसँगको सम्बन्धमा सुधार आउनेछ। घर-परिवारमा माहोल राम्रो रहनेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : – 

वृश्चिक राशिमा बनेको बुधादित्य योगले ३ डिसेम्बरसम्म तुला राशिका जातकको आर्थिक स्थितिलाई उकास्नेछ। सरकारी योजनामा ​​लगानी गर्दा लाभ मिल्नेछ। खर्च कम भएसँगै पैसाको बचत हुनेछ ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : – 

सूर्य-बुधको संयोगले यहीँ राशिमा बुधादित्य योगको निर्माण भएको हो। तपाईको लागि यो समय निकै शुभ रहनेछ। मान-सम्मानमा वृद्धि हुने सम्भावना छ। बुवाको सहयोग मिल्नेछ। कुनै पनि काम पूरा गर्नमा पछि पर्नुहुने छैन। लामो समयदेखि रोकिएका काम पनि छिटो सम्पन्न हुन थाल्नेछन्।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : – 

यो बुधादित्य योग सकिएपछि पहिलेको तुलनामा बढी नाफा कमाउन सकिनेछ। इष्टमित्र तथा आफन्तसँगको सम्बन्ध सुमधुर हुनेछ । लामो समयदेखि ऋणमा फसेको पैसा फिर्ता हुने प्रबल सम्भावना छ। मान सम्मान बढ्नेछ र कार्यालयमा वरिष्ठ अधिकारीले तपाईलाई सहयोग गर्नेछन्।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : – 

बुधादित्य योगले कुम्भ राशिका जातकलाई खुब लाभ दिनेछ। साथै सूर्य र शुक्रको संयोगले तपाईको राशिमा अष्टलक्ष्मी योग पनि बनिरहेको छ । आर्थिक रूपले यो गोचर तपाईको लागि शुभ रहेको छ। नोकरी, व्यापार-व्यवसायमा प्रशस्त लाभ मिल्नेछ। आर्थिक अवस्था पहिलेको भन्दा झन् बलियो बन्नेछ। आय र व्ययमा सन्तुलन हुनेछ।

प्रकाशित : सोमबार, मङि्सर ०५, २०७९०९:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

डिसेम्बरमा यी राशिको रातारात चम्किनेछ भाग्य : कङ्गाल पनि बन्नेछन् मालामाल, हुनेछ धनको वर्षात्