एजेन्सी : – बलिउड अभिनेता सोनू सूद आफ्नो दमदार अभिनयसँगै उदार हृदयको लागि परिचित छन्। उनी हरेक खाँचोमा परेका दीनदुखीका लागि भगवान बनिसकेका छन्। कोरोना महामारीको समयमा उनले धेरै मानिसहरुलाई दिल खोलेर सहयोग गरी नयाँ जिन्दगी दिएका थिए।
यसैबीच हालै सोनू सूदले ६ महिनाको निर्बोध बच्चाको उपचारको जिम्मा लिएका छन्। भारतको शिवतल्ला गाउँका ६ महिनाका निर्बोध बालक गम्भीर रोगसँग लडिरहेका थिए। बालकको अनुहारमा गोलो आकारको ठूलो मासुको डल्लो पलाएको थियो।
बालकको परिवारसँग उपचारका लागि पैसा नहुँदा अभिभावक घरघर भौंतारिइरहेका थिए। यस्तो देखेर सोनु सूद बच्चाको मद्दतको लागि अगाडी आए। सोनु सूदले बच्चाको उपचारको जिम्मा आफ्नो काँधमा लिएका छन् ।
बच्चाको भिडियो सेयर गर्दै सोनू सुदले ट्वीट गरेका छन् – ‘टिकट पठाउँदै छु । शिवांशको उपचारको समय भयो। मुम्बईमा भेटौंला।’
सोनू सूद वास्तवमै बालकको परिवारको लागि भगवान बनेका छन्। यहीँ कारण फ्यानहरु सोनू सूदका लागि मरिमेट्छन् र उनलाई हृदयदेखि नै सम्मान गर्छन्। बालकलाई सहयोग गरेकोमा सोनु सूदको फ्यानहरुले उनको निकै प्रशंसा गरेका छन्। कसैले सोनू सुदलाई रियल हिरो भनेका छन् भने कसैलाई उनलाई २१ तोपको सलामी दिनुपर्ने बताएका छन्।