सार्वजनिक स्थलमा अश्लि:-ल कार्य गरेको भन्दै ट्विंकल खन्नालाई पक्राउ गर्न पुगेको थियो पुलिस !

एजेन्सी- बलिउड अभिनेता अक्षय कुमार अहिले फिल्म ‘हेरा फेरी ३’ बाट बाहिरिएको र आफ्नो अन्तर्वार्ताको कारण चर्चामा छन् । हालै एक न्यूज पोर्टलको कार्यक्रममा अक्षयले आफ्नो नागरिकतालाई लिएर ट्रोल गर्नेहरूलाई जवाफ दिएका थिए । उनले भने, ‘क्यानडाको पासपोर्ट हुनुको अर्थ म भारतीय होइन भन्ने होइन । म पूर्णतया भारतीय हुँ। तर यो पहिलो पटक होइन जब अक्षय कुमारको नाम कुनै प्रकारको विवादमा जोडिएको छ वा उनी पहिलो पटक ट्रोल भएका छन्।

उनीसँग सम्बन्धित धेरै विवादहरू छन्, जसको सूची धेरै लामो छ। एक विवाद अभिनेता र उनकी श्रीमती ट्विंकल खन्नाको सम्बन्धमा छ । जस्को चर्चा आजको समयमा पनि हुने गरेको छ ।

एक समयमा अक्षय कुमारको सार्वजनिक रूपमा अश्लील कार्यको कारण, पुलिस उनकी पत्नी ट्विंकल खन्नालाई पक्राउ गर्न पुगेको थियो वास्तवमा यो विवाद सन् २००९ को हो, जब एक फेसन कार्यक्रममा अक्षय कुमारलाई कार्यक्रममा बोलाइएको थियो । त्यहाँ उनले जिन्सको ठूलो ब्रा:-न्डको प्रचार पनि गरेका थिए । उनले एउटै ब्रा:न्डको जिन्सलाई हाइलाइट गर्न केही यस्तो कार्य जसका कारण उनी आफै समस्यामा परे ।

कार्यक्रम र्‍याम्प वाकको क्रममा अक्षय स्टेजबाट उपस्थित थिए । सुरुमा उनले एक्लै र्या:-म्प वाक गरे । यसपछि पछाडिबाट एउटी युवती आइन् जसले अभिनेताको जिन्सको बटन खोल्न खोज्दै थिइन्, जसलाई अक्षयले औँलाले रोक्छन् । यसपछि उनी दर्शकसँग बसेकी आफ्नी श्रीमती ट्विंकल खन्नाकहाँ गए र उनको अगाडि उभिएर उनको जिन्सको बटन खोल्न आग्रह गरे । ट्विंकल सुरुमा हिचकिचाउछ, तर तुरुन्तै अभिनेताको पाइन्टको बटन खोल्छिन् ।

यो भिडियो निकै भाइरल भएपछि दुवैको निकै आलोचना भएका थिए । त्यसपछि दुवैले यसबारे आफ्नो स्पष्टीकरण पनि दिएका थिए । त्यस क्रममा मानिसहरुले अक्षयमाथि सार्वजनिक स्थानमा अश्ली:-लता काम गरेको आरोप समेत लगाएका थिए । यति मात्र होइन, एक जनाले दुवै विरुद्ध एफआइआर समेत दर्ता गरेका थिए । त्यस समय अभिनेताले स्पष्टीकरण दिन परेको थियो ।

प्रकाशित : सोमबार, कार्तिक २८, २०७९१६:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी हुन् बलिउडका शीर्ष अभिनेता-अभिनेत्रीको बाल्यकालका नदेखेका तस्बिरहरू, तस्बिर सहित !