एक चुम्बनबाट सुरु भएको थियो दीपिका-रणवीरको प्रेम सम्बन्ध, यस्तो थियो यो चर्चित जोडीको पहिलो भेट

एजेन्सी- बलिउडको चर्चित जोडी मध्य दीपिका पादुकोण र रणवीर सिंहले प्रायः आफ्नो प्रेमले मानिसहरुलाई प्रभावित पारेका छन् । दीपिका-रणवीरको जोडीलाई फ्यानले रिल लाइफमा मात्र नभई वास्तविक जीवनमा पनि मन पराउँछन् । दीपिका-रणवीरले १४ नोभेम्बर २०१८ मा इटालीको लेक कोमोमा विवाह गरेका थिए ।

यो जोडीको विवाह भएको ६ वर्ष भयो । हालै सामाजिक सञ्जालमा दीपिका–रणवीरको सम्बन्ध विच्छेद हुन् लागेको खबर पनि निकै भाइरल भइरहेको थियो तर त्यसपछि रणवीरले आफ्नो दीपिकाको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेर यी समाचारलाई गलत भएको कुरा बताएका थिए।


रणवीर सिंह र दीपिका पादुकोणले धेरै फिल्ममा सँगै काम गरेका छन् । रणवीर–दीपिकाको पहिलो फिल्म ‘गोलियों की रासलीला–रामलीला’ को छायाँकनको क्रममा उनीहरुको प्रेम जीवन सुरु भएको थियो । वास्तवमा, फिल्ममा ‘अङ्ग लगा देना’ गीत छायाङ्कन हुने थियो, जहाँ गीतको अन्त्यमा दुवैको चुम्बन दृश्य थियो।

सुटिङका ​​क्रममा दुवै चुम्बन गर्दै थिए, दृश्य सकिएपछि निर्देशकले कट भने। कट भन्दा पनि दीपिका र रणवीर एकअर्कामा मग्न रहे। दुवैलाई यस्तो देखेर सेटमा उपस्थित सबै छक्क परेका थिए । त्यहीँबाट मात्रै दुवैको प्रेम बढ्न थाल्यो ।

रणवीर सिंहले एक अन्तर्वार्तामा आफ्नो र दीपिकाको पहिलो भेटको बारेमा बताएका छन् । रणवीरले भने– ‘ सन् २०१२ मा जब उनी एक अवार्ड समारोहका लागि मकाउ गएका थिए । त्यसपछि उनले दीपिकालाई पहिलो पटक देखेका थिए । रणवीरले भनेका थिए, ‘अवार्ड समारोहमा दीपिका यति सुन्दर देखिएकी थिइन् कि उनीबाट आँखा हटाउन सकिनन् । यसै क्रममा दीपिका पादुकोणले आफ्नो पहिलो भेटको बारेमा बताइन्, उनले भनिन्- ‘जब उनले सन् २०१२ मा पहिलो पटक रणवीरसँग भेट गरेकी थिइन्, उनीहरूबिच एक अर्कोलाई मन पराएको महसुस भएको थियो ।

प्रकाशित : सोमबार, कार्तिक २८, २०७९१२:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नायक प्रदीप खड्कालाई भारतमा डे:-ब्यु अभिनेताको अवार्ड प्रदान !