अहिलेको समयका चर्चित युवा अभिनेता प्रदीप खड्काले भारतको आइतबार सम्पन्न भएको फिल्म फेस्टिभल कार्यक्रममा डे:-ब्यु अभिनेताको अवार्ड जितेका छन् । यस वर्ष अभिनेता प्रदीप खड्का अभिनीत चलचित्र ‘प्रेम गीत ३’ प्रदर्शनमैको थियो।
फिल्म ‘प्रेम गीत ३’ हिन्दी भाषामा अनुवाद भएर भारतमा प्रदर्शन भएको पहिलो फिल्म हो । यस फिल्मलाई नेपाल सहित भारतमा पनि निकै रुचाएको थियो । यस फिल्मबाट नायक प्रदीपले हिन्दी भाषाको डे:ब्यु अभिनेताको अवार्ड प्राप्त गरेका छन् ।
अहिले अवार्डको लागि नायक प्रदीप र ‘प्रेम गीत ३’ को निर्माताहरू भारतमा छन् । अवार्ड कार्यक्रमबाट सार्वजनिक भएको तस्बिरमा नायक प्रदीप र गायक तरुण सागर एकसाथमा देखिएका छन् । लामो समयपछि सुस्त राहेको नेपाली फिल्म बजार फिल्म प्रेम गीत ३’ ले तताउन सफल भएको थियो । साथै फिल्म ‘प्रेम गीत ३’ ले राम्री कमाइ गर्न समेत सफल भएको छ ।