एजेन्सी- बलिउड अभिनेत्री आलिया भट्टका लागि यो वर्ष निकै विशेष रह्यो । यस वर्ष गत १४ अप्रिलमा उनले सपनाका राजकुमार रणबीर कपूरसँग विवाह गरेकी थिइन् भने यही वर्ष उनीहरुले एक साथमा काम गरेको पहिलो फिल्म ‘ब्रह्मास्त्र’ पनि सँगै रिलिज भएको थियो । रणवीर कपुर र आलिया भट्ट चाँडै आफ्नो पहिलो बच्चालाई स्वागत गर्न तयारीमा छन् ।
केही दिन पहिले आलियाको बेबी शावरको कार्यक्रम गरेकी थिइन् जसका सुन्दर तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएका छन् । अब आलिया भट्टको डेलिभरीसँग जोडिएको ठूलो खबर बाहिर आएको छ । आलिया भट्ट छिट्टै आमा बन्न लागेकी छिन् । उनको घरमा छिट्टै नयाँ सदस्य आउन लागेको छ । अभिनेत्रीका फ्यान, परिवार र साथीहरू लामो समयदेखि यो खुसीको खबरको प्रतीक्षामा छन् । मिडिया रिपोर्टका अनुसार आलिया अस्पताल पुगेकी छिन् ।
आलिया भट्ट र रणवीर कपुरले परिवारमा आउन लागेको नयाँ पाहुनालाई स्वागत गर्ने तयारी पूरा गरेका छन् । समाचार अनुसार आलिया भट्ट नोभेम्बरको अन्तिम हप्ता वा डिसेम्बरको पहिलो हप्तामा आमा बन्न सक्नेछिन् । तर नयाँ जानकारी अनुसार आलिया भट्ट केही समयमै डेलिवरीका लागि रिला:-यन्स अस्पताल पुग्ने छिन् । यो अस्पताल मुम्बईको गिरगाममा छ। आलियाको अस्पतालमा भर्ना हुनुको अर्थ आलियाले जुनसुकै बेला आफ्नो बच्चालाई जन्म दिन सक्छिन् भन्ने हो।
आलियाले विवाह भएको २ महिनापछि अर्थात् २७ जुनमा आफू गर्भवती भएको घोषणा गरेर सबैलाई चकित पारेकी थिइन् । उनले आफ्नो इन्स्टाग्राममा अस्पतालको बेडमा सुतिरहेको सोनो:-ग्राफी पोस्ट गरेर आफ्ना फ्यानहरूलाई गर्भवती भएको जानकारी दिएकी थिइन् । गर्भावस्थामा पनि फिल्ममा निरन्तर सक्रिय रहेकी आलिया हालै पति रणवीर कपूरसँग फिल्म ‘ब्रह्मास्त्र’ मा देखिएकी थिइन् ।