बलिउड अभिनेत्री आलिया भट्टलाई पुत्री लाभ !

आलिया भट्टलाई आज बिहान रणवीर कपुरले डिलिवरीका लागि अस्पताल लागेका थिए । आलिया भट्टले आफ्नो पहिलो सन्तानलाई जन्म दिएकी छिन् । रणवीर कपुर र आलिया भट्ट छोरीको आमाबुवा बनेका छन् ।

केही दिन पहिले आलियाको बेबी शावरको कार्यक्रम गरेकी थिइन् जसका सुन्दर तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएका छन् । अब आलिया भट्टको डेलिभरीसँग जोडिएको ठूलो खबर बाहिर आएको छ । आलिया भट्ट छोरीको आमा बनेकी छिन् । अभिनेत्रीका फ्यान, परिवार र साथीहरू लामो समयदेखि यो खुसीको खबरको प्रतीक्षामा छन् ।

आलिया भट्ट र रणवीर कपुरले परिवारमा आउन लागेको नयाँ पाहुनालाई स्वागत गर्ने तयारी पूरा गरेका छन् । यो अस्पताल मुम्बईको गिरगाममा छ।

आलियाले विवाह भएको २ महिनापछि अर्थात् २७ जुनमा आफू गर्भवती भएको घोषणा गरेर सबैलाई चकित पारेकी थिइन् । उनले आफ्नो इन्स्टाग्राममा अस्पतालको बेडमा सुतिरहेको सोनो:-ग्राफी पोस्ट गरेर आफ्ना फ्यानहरूलाई गर्भवती भएको जानकारी दिएकी थिइन् । गर्भावस्थामा पनि फिल्ममा निरन्तर सक्रिय रहेकी आलिया हालै पति रणवीर कपूरसँग फिल्म ‘ब्रह्मास्त्र’ मा देखिएकी थिइन् ।

प्रकाशित : आइतबार, कार्तिक २०, २०७९१३:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ऋषभ शेट्टी : कुनैबेला बेच्थे पानीको बोत्तल, ‘कान्तारा’ बाट रातारात पाए सफलता