सूर्य र बुधको संयोगले बन्नेछ बुधादित्य राजयोग, यी ३ राशिलाई धनलाभसँगै प्रगतिको प्रबल योग

काठमाडौँ : ज्योतिष शास्त्र अनुसार ग्रहहरुले समय-समयमा राशि परिवर्तन गरी शुभ योग बनाउँछन्। वृश्चिक राशिमा कार्तिक २७ गते आइतबार बुधादित्य राजयोग बन्न गइरहेको छ। जसको प्रभाव सबै राशिहरुमा देखिनेछ। तर त्यसमध्ये ३ राशिहरुले यसबाट विशेष धनलाभ प्राप्त गर्नेछन्। आउनुहोस् जानौं यी राशिहरु कुन-कुन हुन् त ?

हिन्दू पञ्चाङ्ग अनुसार बुधदेव कार्तिक २७ गते आइतबार वृश्चिक राशिमा प्रवेश गर्नेछ। त्यसपछि कार्तिक ३० गते बुधबार सूर्यदेव वृश्चिक राशिमा गोचर हुनेछन्। यी दुई ग्रहको मिलनबाट बुधादित्य राजयोगको निर्माण हुनेछ।

यी राशिका लागि बुधादित्य राजयोग शुभ फलदायी

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

बुधादित्य राजयोगको निर्माण तुला राशिका लागि लाभदायक साबित हुनेछ। यो राजयोग तुला राशिको दोस्रो भावमा बन्न लागेको छ, जसलाई धन र वाणीको स्थान मानिन्छ। तसर्थ यस समयावधिमा तपाईलाई आकस्मिक धनलाभ हुन् सक्छ। यसका साथै कारोबार र करियरमा प्रगति गर्नुहुनेछ। साथै सूर्यदेवको प्रभावले काममा सफलता मिल्ने सम्भावना छ। शैक्षिक, व्यवसायिक र सञ्चार क्षेत्रमा कार्यरत मानिसहरुका लागि समय सुखद् साबित हुन् सक्छ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

मकर राशिका मानिसहरुका लागि बुधादित्य राजयोग बन्दा उनीहरुले करियर र व्यापार-व्यवसायको क्षेत्रमा प्रचुर प्रगति गर्नेछन्। यस समयमा तपाईले थुप्रै श्रोतहरुबाट धन कमाउनुहुनेछ। साथै व्यापारमा ठूलो सम्झौता हुन् सक्छ, जसबाट तपाईलाई मनग्यै धनलाभ हुनेछ। साझेदारी व्यवसायमा लागेकाहरूका लागि पनि यो योग शुभ रहनेछ। पुरानो रोकिएको धन फिर्ता हुने सम्भावना छ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

बुधादित्य राजयोगको निर्माण मीन राशिको नवम भावमा हुँदैछ, जसलाई भाग्य र वैदेशिक रोजगारको स्थान मानिन्छ। तसर्थ यस समयमा तपाईले हरेक काममा भाग्यको साथ पाउनुहुनेछ। व्यापारको शिलशिलामा यात्राको अवसर जुर्न सक्छ। जागिरमा उच्च पद प्राप्तिको सम्भावना छ। साथै घर-जग्गासम्बन्धी मुद्दा-मामिलाहरु सजिलै टुङ्गो लाग्नेछ। सूर्यदेवको प्रभावले समाजमा मान सम्मान बढ्नेछ। राजनीतिमा संलग्न जातकले उच्च ओहोदाको पद प्राप्त गर्नेछन्।

प्रकाशित : बुधबार, कार्तिक १६, २०७९१४:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि सबैभन्दा महत्वपूर्ण हरिबोधिनी एकादशी: के गर्न हुन्छ के गर्न हुँदैन ? जान्नुहोस् नियम !