एजेन्सी- बलिउड अभिनेत्री कट्रिना कैफ उनको आगामी फिल्म फोन भूतको कारण चर्चामा छिन् । फिल्मको प्रमोसनसँग सम्बन्धित एक अन्तर्वार्ताका क्रममा पत्रकारले कट्रिनालाई आलिया भट्टसँग के गर्न मन लाग्यो भनेर सोधेका थिए । जसमा कट्रिनाले रमाइलो जवाफ दिइन् । कट्रिना र आलिया दुवै एकै समयमा जिम जान्छन्। दुईबिच राम्रो मित्रता छ । आलिया रणवीरको बच्चाकी आमा बन्न लागेकी छिन् । कट्रिना रणवीरकी पूर्व प्रेमिका थिइन् । दुवै फरहान अख्तरको फिल्म ‘जी ले जरा’ मा देखिने छन् । यसमा उनको साथमा प्रियंका चोपडा पनि रहनेछिन् ।
कट्रिना कैफलाई सोधिएको थियो कि उनले आलिया भट्टलाई भेट्दा उनको पहिलो प्रतिक्रिया के हुन्छ ? यसमा कट्रिनाले पेटमा हात राख्न इशारा गर्दै भनिन्, म यो गर्न चाहन्थेँ । म उसलाई जिममा देख्छु। उनी अहिले पनि जिममा कसरत गरिरहेकी छिन् ।
जब कट्रिनालाई दीपिका पादुकोणको बारेमा सोधिएको थियो, उनले भनिन्, म उनलाई जिममा पनि भेट्छु । वास्तवमा हामी एउटै जिम जान्छौँ। कट्रिनाले हालै दीपिकाले जिम गरिरहेको भिडियो रेकर्ड गरेर पठाएको बताइन् । दीपिका पादुकोण रणवीर कपूरकी पूर्व प्रेमिका पनि हुन् । रणवीर दीपिका अहिले राम्रो साथी बनेका छन् । रणवीरकी श्रीमती आलिया र उनका दुई पूर्व प्रेमिकाबिच पनि राम्रो मित्रता रहेको छ ।
कट्रिना कैफले करिब दुई वर्ष प्रेम सम्बन्धपछि गत वर्ष डिसेम्बरमा विक्की कौशलसँग विवाह गरेकी थिइन् । दुवैले विवाहलाई आफ्ना फ्यान र मिडियाबाट लुकाउन धेरै प्रयास गरेका थिए, तर समाचारहरू लिक भइरहेका थिए। विवाहपछि कट्रिनाले टाइगर ३ को सुटिङ गरेकी छिन् । अब उनको फिल्म भूत फोन नोभेम्बर ४ मा रिलिज हुँदैछ ।