जान्हवी कपूरको कथनी र करनीमा अन्तर, सोशल मीडियामा भईन् ट्रोल

काठमाडौँ : बलिउड अभिनेत्री जान्हवी कपूरको कथनी र करनीमा भिन्नता पाईएको छ, जसकारण उनी आलोचित बनेकी छिन्। वास्तवमा जान्हवी कपूरको एक पुरानो भिडियो भाइरल भएको छ, जसमा उनी आफ्नी स्वर्गीय आमा श्रीदेवीको फिल्मको बारेमा कुरा गर्दैछिन्। भिडियोमा उनले आफ्नी आमाको फिल्मको रिमेक बनाउन नहुने बताएकी छिन् किनकी अभिनेत्री श्रीदेवीको जस्तो कसैले पनि अभिनय गर्न सक्दैनन्।

रिमेक गर्नुहुँदैन भन्ने उनको बयानलाई इन्टरनेट युजरहरुले मन पराईरहेका छैनन् किनकी उनी आफैँ आँखा चिम्लिएर रिमेकमाथि रिमेक गरिरहेकी छिन्। आउँदो नोभेम्बर ४ तारिखमा जान्हवीको ‘मिली’ नामक फिल्म रिलिज हुँदैछ जुन एक मलयालम फिल्मको रिमेक हो।

यसअघिको फिल्म ‘गुड लक जेरी’ पनि रिमेक नै थियो। यहाँसम्म कि जान्हवीको डेब्यू फिल्म ‘धडक’ पनि मराठी फिल्मको हिन्दी रिमेक थियो। आफैँ भटाभट एकपछि अर्को रिमेक फिल्म गर्ने अनि अरुलाई रिमेक गर्नुहुँदैन भनेर ज्ञान बाँडेको भन्दै जान्हवीको व्यापक आलोचना भईरहेको छ।

 

View this post on Instagram

 

A post shared by Instant Bollywood (@instantbollywood)

प्रकाशित : मङ्गलबार, कार्तिक १५, २०७९१५:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विश्व सुन्दरी ऐश्वर्या रायको अहिलेसम्म नदेखिको तस्बिर, जसले मन्त्रमुग्ध बनाउनेछ !