यी ४ राशिको हुनेछ दु:खको अन्त्य, बुधदेवले दिल खोलेर वर्षाउनेछन् धन

काठमाडौँ : ग्रह गोचरले प्राय: केही राशिका लागि धेरै खुशी ल्याउँछ। यसपटक कार्तिक ९ गते बुधबार बुध ग्रह कन्या राशिबाट निक्लिएर तुला राशिमा प्रवेश गरेको छ। बुध यहाँ मङ्सिर ३ गतेसम्म रहनेछ। ४ विशेष राशिले यस गोचरबाट सबैभन्दा बढी लाभ उठाउनेछन्। बुध ग्रहको कृपाले सबै दुःखको अन्त्य हुनेछ। यसका साथै धनको समस्या पनि समाप्त हुनेछ। त्यसोभए जानौँ ती भाग्यशाली राशिहरु कुन-कुन हुन् त ?

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मिथुन राशिका लागि बुधको तुला राशिमा प्रवेश शुभ रहनेछ। करियरमा ठूलो उछाल आउनेछ। विद्यार्थीहरूले परीक्षामा राम्रो नतिजा ल्याउनेछन्। व्यापार-व्यवसाय गर्नेहरुले पनि मनग्यै फाइदा उठाउनेछन्। नयाँ व्यापार-व्यवसाय सुरुवात गर्नको लागि मङ्सिर ३ गतेसम्मको समय शुभ रहनेछ। जागिर गर्नेहरुको बढुवाको योग देखिन्छ।

नयाँ कामको प्रस्ताव आउन सक्छ। कामको सिलसिलामा विदेश यात्रा हुन सक्छ। पुराना साथीभाईसँग भेटघाट हुन् सक्छः। प्रेम सम्बन्धमा सफलता मिल्नेछ। पुराना रोगबाट मुक्ति मिल्नेछ। समाजमा मान सम्मान बढ्नेछ। तपाईको वाणी सुनेर मानिसहरु तपाईप्रति आकर्षित हुनेछन्।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

बुध ग्रहको गोचरका कारण कर्कट राशिका मानिसहरूले आनन्दको अनुभूति गर्नेछन्। यो समयावधि यस राशिका जातकले भौतिक सुख-सुविधामा बिताउनेछन्। सन्तानको पक्षबाट खुशी मिल्नेछ। नयाँ घर वा सवारी खरिदको योग बन्न सक्छ। व्यापार-व्यवसायमा ठूलो सम्झौता हुन् सक्छ।

परिवारमा सुख शान्ति छाउनेछ। सम्बन्ध बलियो हुनेछ। श्रीमान्–श्रीमतीको सम्बन्धमा मिठास आउनेछ। धन आर्जनको नयाँ माध्यम फेला पर्नेछ। छोरी वा बुहारीबाट सुख मिल्नेछ। स्वास्थ्यमा सुधार देखिनेछ। भगवानप्रतिको आस्था बढ्नेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

तुला राशिमा बुधको प्रवेश सिंह राशिका लागि भाग्यशाली साबित हुनेछ। यिनलाई भाग्यले साथ दिनेछ। दाम्पत्य जीवनमा सुख मिल्नेछ। पैसाको अभाव हुने छैन। मनग्य धन लाभ हुन सक्छ। करियरमा नयाँ उचाइ हासिल गर्न सकिनेछ।

सन्तानको पक्षबाट केही शुभ समाचार प्राप्त हुन सक्छ। परोपकारमा रुचि बढ्नेछ। समाजमा तपाईको प्रशंसा हुनेछ। पुराना साथीभाइसँगको भेटघाटले फाइदा हुनेछ। अड्डा-अदालतको मुद्दा-मामिलाहरु टुङ्गो लाग्नेछ। कतै घुमफिरको योजना बन्न सक्छ। गुरुबाट राम्रो शिक्षा पाउन सकिन्छ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

बुधको राशि परिवर्तनले धनु राशिको जीवनमा धन र प्रगति ल्याउनेछ। आर्थिक स्थिति मजबूत हुनेछ। नोकरी तथा व्यवसायबाट मनग्गे धन आर्जन हुनेछ। बेरोजगार भएर हिँड्ने मानिसले जागिर पाउन सक्छन् । कुमार तथा कन्याको विवाहको योग बन्न सक्छ। दुख – दर्द समाप्त हुनेछ।

शत्रु कमजोर हुनेछन्। विद्यार्थीहरूले कडा परिश्रमको उचित परिणाम प्राप्त गर्नेछन्। राम्रो काम गरेर लामो यात्रामा जान सकिनेछ। मानिसहरुसँगको भेटघाट बाक्लिनेछ। पुराना रोकिएका काम समयमै पूरा हुनेछन्। करियरमा ठूलो परिवर्तन हुनेछ। सबै मनोकामना पूरा हुनेछन्।

प्रकाशित : शुक्रबार, कार्तिक ११, २०७९१२:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बुध–शुक्रले बनाउँदैछ महालक्ष्‍मी नारायण योग : यी राशिका घरमा हुनेछ धनवर्षा, सुनझैँ चम्किनेछ भाग्य