काठमाडौँ : ज्योतिष शास्त्र अनुसार कुनै पनि ग्रहले आफ्नो चाल या राशि परिवर्तन गर्दा र अरु कुनै ग्रहसँग संयोजन गर्दा त्यसको शुभ या अशुभ प्रभाव सबै राशिहरुमा पर्छ। हालै कार्तिक ९ गते बुधबार बुध ग्रहले तुला राशिमा गोचर गरेको छ। यस राशिमा शुक्र, सूर्य र केतु जस्ता ग्रह पहिल्यैदेखि नै उपस्थित छन्।
यस्तो अवस्थामा बुध र शुक्रको मिलनले महालक्ष्मी नारायण योग निर्माण हुँदैछ। यस योगको शुभ प्रभाव तीन राशिमा देखिनेछ। यी राशिले धेरै लाभ हासिल गर्नेछन्। त्यसोभए जानौँ यी भाग्यशाली राशिहरु कुन-कुन हुन् त ?
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
कन्या राशिका लागि लक्ष्मी-नारायण योग भाग्यशाली साबित हुनेछ। भाग्यले तपाईलाई धेरै साथ दिनेछ। जुन काममा हात हाल्नुहुन्छ ती काम सफल हुनेछन्। जागिरमा बढुवाको योग देखिन्छ। बोस तपाईको कामबाट प्रसन्न हुनेछन्। नयाँ कामको प्रस्ताव आउनेछ। धन आर्जनको नयाँ अवसर मिल्नेछ।
व्यापार-व्यवसाय गर्नेहरुका लागि पनि समय राम्रो रहनेछ। रोकिएका पैसा फिर्ता हुनेछ। घरपरिवारमा खुशीयाली छाउनेछ। आफन्तजनहरुको साथ-सहयोग प्राप्त हुनेछ। पुराना रोगबाट मुक्ति मिल्नेछ। वैदेशिक यात्राको सम्भावना छ। नयाँ व्यापार सुरु गर्ने सोचमा हुनुहुन्छ भने समय राम्रो छ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
धनु राशिका लागि पनि लक्ष्मीनारायण योगबाट लाभ मिल्नेछ। अड्डा-अदालतका मुद्दा-मामिलाहरु टुङ्गो लाग्नेछ। आर्थिक स्थिति मजबूत हुनेछ। नयाँ घर तथा सवारी साधन खरिदको योग छ। कतै पैसा लगानी गर्ने सोचमा हुनुहुन्छ भने समय उत्तम छ। अविवाहितहरुको विवाहको योग छ। सबै मनोकामनाहरु पूरा हुनेछन्। समाजमा मान-सम्मान बढ्नेछ।
दु:खको अन्त्य हुनेछ। शत्रु कमजोर हुनेछन्। रोकिएका धन फिर्ता हुनेछ। करियरमा उत्कृष्ट उचाइ हासिल गर्न सक्नुहुनेछ। सबै कार्य बिना कुनै बाधा-अवरोध सम्पन्न हुनेछन्। भगवानप्रतिको आस्था बढ्नेछ। वैदेशिक यात्राको सम्भावना छ। परिवारमा झगडा समाप्त हुनेछ। दाम्पत्य जीवनमा सुख मिल्नेछ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
लक्ष्मी नारायण योगले मकर राशिलाई धेरै लाभ दिनेछ। विद्यार्थीहरूले परीक्षामा राम्रो नतिजा ल्याउनेछन्। तपाईको कामको सर्वत्र प्रशंसा हुनेछ। सरकारी जागिरको सम्भावना बढ्नेछ।भगवानप्रतिको आस्था बढ्नेछ। घरमा कुनै माङ्गलिक कार्य हुन् सक्छ। घरमा सुख-समृद्धि आउनेछ। जीवनमा नयाँ व्यक्तिको प्रवेश हुन् सक्छ। उक्त व्यक्तिले तपाईको जीवन खुशीले भर्नेछ।
भाग्य र धन तपाईकै मुठ्ठीमा हुनेछ। सन्तानको पक्षबाट शुभ समाचार मिल्नेछ। मातापिताको स्वास्थ्य राम्रो रहनेछ। तीर्थयात्राको अवसर जुर्न सक्छ। पति-पत्नीको सम्बन्धमा मधुरता बढ्नेछ। नयाँ साथी बन्नेछन्। पुराना साथीभाइसँगको भेटघाटले धन प्राप्ति हुनेछ। चारैतिरबाट पैसा आउनेछ। मानिसहरूले तपाईंको प्रशंसा गर्नेछन्। तपाईको समाजमा खोजीनीति बढ्नेछ।