धार्मिक मान्यता अनुसार कार्तिक महिनालाई निकै शुभ मानिन्छ । यस महिनामा धनतेरस, तिहार र छठ पूजालगायतका धेरै प्रमुख चाडपर्वहरू पर्दछन् । कार्तिक महिनाको दोस्रो शनिबार ५ गते परेको छ । कार्तिक महिना गते अनुसार पहिलो शनिबार भए पनि तिथि अनुसार दोस्रो शनिबार आउन लागेको छ दोस्रो शनिबार बन्ने विशेष संयोग पाँच राशिका लागि लाभदायक मानिन्छ । यस दिन ब्रह्मा र इन्द्र योगसँग त्रिपुष्कर योग बनिरहेको छ ।
शनि प्रदोष व्रतको संयोग-
कार्तिक महिनाको दोस्रो शनिबार प्रदोष व्रतको अद्भुत संयोग भइरहेको छ । शनि प्रदोष व्रत बस्दा भोलेनाथसँगै भगवान शनिको आशीर्वाद प्राप्त हुने जनविश्वास छ । शनि प्रदोष व्रतले शनिदेवको अशुभ प्रभावलाई कम गर्ने विश्वास गरिन्छ।
कार्तिक महिनाको दोस्रो शनिबार यी राशिका लागि लाभदायक
मिथुन र तुला राशिका लागि अहिले शनि ढैय्या चलिरहेको छ । जबकि धनु, मकर र कुम्भ राशिका मानिसहरुमा शनिको साढे सातिको प्रभाव रहेको छ । शनि ढैय्या र साढे सतीले पीडित राशि हुनेहरुका लागि शनि कठिन साबित हुन्छ। शनिको दशमा पीडित व्यक्तिले आर्थिक, शारीरिक तथा मानसिक समस्याको सामना गर्नुपर्ने हुन्छ ।
शनिको अशुभ प्रभाव कम गर्ने उपाय-
कार्तिक महिनाको दोस्रो शनिबार शनि मन्दिरमा शनिदेवलाई तिलको तेल चढाउनुपर्छ । यसो गर्नाले शनिदेवको अशुभ प्रभाव कम हुने जनविश्वास छ । यस दिन भगवान शंकरको विधिवत् पूजा गर्नाले शनिदेव प्रसन्न हुन्छन् । शनिदेवलाई भगवान शिवको परम शिष्य मानिन्छ। यस दिन शनि चालिसाको पाठ गर्नुका साथै तिलको दाना दान गर्नु पनि लाभदायक मानिन्छ।