तिहार सुरु भएसँगै हुनेछ दुष्ट ग्रहको उथलपुथल: यी ३ राशिको खुल्नेछ भाग्यको ताला !

शनि ग्रह कार्तिक ६ गते मकर राशिमा प्रवेश गर्दैछ। शनिदेवको स्थितिमा हुने परिवर्तनलाई ज्योतिषशास्त्रमा धेरै महत्त्वपूर्ण मानिन्छ र यस अवधिमा शनिदेवले सबै राशिका मानिसको जीवनमा धेरै परिवर्तन ल्याउनेछन्। यसका साथै शनिले मकर राशिमा प्रवेश गरेर महापुरुष राजयोग पनि बनाउनेछ।

वैदिक ज्योतिषमा, ग्रहहरूको “मार्गी” को अर्थ प्रतिगामी स्थिति (उल्टो गति) बाट बाहिर आएपछि ग्रहले आफ्नो सीधा गति सुरु गर्दा स्थितिलाई जनाउँछ। यस्तोमा, शनिको यस्तो परिवर्तनले केही राशिका मानिसलाई विशेष लाभ मिल्नेछ।

मेष राशि

मकर राशिमा शनिको गोचरका कारण मेष राशिका व्यक्तिलाई विशेष लाभ मिल्ने देखिन्छ। आम्दानीमा बृद्धि हुनुका साथै करियरमा प्रगति हुने प्रबल सम्भावना छ। जागिरमा बढुवा हुने सम्भावना छ। माता लक्ष्मीको विशेष कृपा यस राशिका मानिसमा रहनेछ।

सिंह राशि

मकर राशिमा शनिको प्रवेशले सिंह राशि हुनेहरुको भाग्य चम्कन सक्छ। सिंह राशिका व्यक्तिहरूले शत्रुहरूमाथि विजय प्राप्त गर्नेछन्। यस अवधिमा मानिसहरूले अदालती मुद्दाहरूमा पनि राम्रो समाचार पाउन सक्छन्। यस अवधिमा यात्राको योग पनि बनिरहेको छ। आकस्मिक आर्थिक लाभ पनि मिल्नेछ।

तुला राशि

मकर राशिमा शनिको गोचरले तुला राशि हुनेहरूको भाग्य चम्काउन सक्छ। शनिदेवको कृपाले तुला राशिका व्यक्तिहरूलाई हरेक क्षेत्रमा सफलता मिल्ने प्रबल सम्भावना छ। माता लक्ष्मीको कृपाले अन्य स्थानबाट पनि लाभान्वित हुने योग रहेको छ।

प्रकाशित : बिहिबार, कार्तिक ०३, २०७९१४:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

धनतेरस: लक्ष्मी मातालाई प्रशन्न गर्न यस दिन गर्नुहोस् यस्ता चीज दान, अन्यथा होला अनेक नोक्सान !