धनतेरस पर्व कार्तिक महिनाको कृष्ण पक्षको त्रयोदशीका दिन पर्छ। धनतेरसको दिन सुनचाँदी, लुगा, सवारी साधन तथा इलेक्ट्रोनिक्स सामान खरिद गर्नु शुभ मानिन्छ। शास्त्रमा धनतेरसको दिन किनमेलका साथसाथै केही वस्तु दान गर्नाले पनि लाभ हुने बताइएको छ। यस दिन केही वस्तु दान गर्नाले जीवनमा धनको कमी नहुने जनविश्वास रहेको छ। जान्नुहोस् यस बारे….
अन्न
धनतेरसको दिन अन्न दान गरेमा घरमा अन्नको भण्डार सधै भरी रहने जनविश्वास छ। अन्न दान गर्नुका साथै गरिबलाई खाना पनि दिन सकिन्छ। भोजन गराएपछि दक्षिणा दिनु पनि शुभ मानिन्छ।
फलाम
धनतेरसको दिन फलाम दान गर्नु धेरै शुभ मानिन्छ। यस दिन फलाम दान गर्नाले जीवनमा आउने समस्याबाट मुक्ति मिल्छ। यस दिन फलाम दान गर्नाले रोकिएका काम पुरा हुने जनविश्वास छ।
कपडा
धनतेरसको दिन वस्त्र दान गर्नु शुभ मानिन्छ। यस दिन कुनै गरीब वा आवश्यकतामा परेका व्यक्तिले गरिबलाई कपडा दान गर्नुपर्छ। यसो गर्नाले घरमा धन र भोजनको कमी नहुने जनविश्वास रहेको छ।
झाडु
धनतेरसको दिन झाडु दान गर्नुपर्छ। यस दिन झाडु दान गर्दा शुभ फल प्राप्त हुने जनविश्वास रहेको छ। यस दिन कुनै पनि मन्दिर वा गरिबलाई झाडु दान गर्दा धनको कमी हुँदैन।
