ज्योतिषशास्त्रका अनुसार मानव जीवनमा ग्रहहरूको विशेष प्रभाव हुन्छ। साथै, व्यक्तिको कुण्डलीमा केही ग्रह शुभ र अशुभ दुवै स्थानमा अवस्थित हुन्छन्। यससँगै व्यक्तिले प्रत्येक ग्रहको महादशा र अन्र्तदशाको सामना गर्नुपर्ने हुन्छ। यदि कुनै ग्रहको दशा मानिसको लागि लाभदायक हुन्छ भने कुनै ग्रहको दशा हानिकारक हुन्छ। यस्तोमा आज हामी बुध ग्रहको १७ वर्षसम्म रहने महादशाको बारेमा कुरा गर्न जाँदैछौं। हिन्दु ज्योतिषशास्त्रमा बुध ग्रहलाई बुद्धि, तर्क, संचार, गणित, चतुराई र मित्रको कारक मानिन्छ।

अर्कोतर्फ, व्यक्तिको कुण्डलीमा बुध ग्रह नकारात्मक भएमा व्यक्तिले शारीरिक र मानसिक रूपमा समस्याको सामना गर्नुपर्ने हुन्छ। उच्चारणमा पनि समस्या हुनसक्छ र गणित विषयमा कमजोर हुँदा गणनामा समस्या भोग्नुपर्ने हुन्छ। बुध ग्रहको महादशाले जीवनमा कस्तो प्रभाव पार्ने र यसको उपाय बारे जानौं।
जीवनमा बुधको महादशाको प्रभाव
ज्योतिषशास्त्रका अनुसार हरेक व्यक्तिले बुध ग्रहको दशको सामना गर्नुपर्ने हुन्छ। बुध ग्रहले आफ्नो महादशामा कस्तो फल दिनेछ भन्ने कुरा आज तपाईंलाई बनाउँन गइरहेका छौं। कुण्डलीमा बुध कस्तो स्थानमा रहेको छ भन्ने कुरामा यसको भर पर्छ। कुण्डलीमा बुध ग्रह अशुभ भएमा बुधको दशमा व्यक्तिलाई नकारात्मक नतिजा देख्न सकिन्छ। व्यापारमा विभिन्न असफलता हात लाग्न सक्छ। साथै, उक्त व्यक्तिलाई नाक, कान र छाला रोगले सताउँन सक्छ।
बुधको शुभ स्थितिमा हुने प्रभाव
वैदिक ज्योतिषका अनुसार जन्मपत्रिकामा बुध ग्रह बलियो भएमा व्यक्तिको संचारमा राम्रो हुन्छ। यस्ता मानिस स्पष्ट जवाफकर्ता हुन्छन्। व्यवसायमा मानिसले राम्रो आम्दानी गर्छ। गणित विषयमा अब्बल हुन्छन्।
बुध ग्रहको उपाय
बुध ग्रहलाई बलियो बनाउन बुध ग्रहको बीज मन्त्र, ओम ब्रम् ब्रम् ब्रौं सह बुधाय नमः! दैनिक एउटा मालाको जप गर्नुपर्छ। साथै बुध ग्रहसँग सम्बन्धित दान जस्तै हरियो मुगको दाल, कुनै पनि हरियो तरकारी, जुनसुकै हरियो कपडा बुधबार दान गर्न सकिन्छ।
