चाणक्य नीति: महिलामा हुने यस्ता ४ खुबी, जसको अगाडि मै हुँ भन्ने पुरुष पनि खान्छन् हार !

यो पुरुष प्रधान समाजमा महिलालाई सधैं कम मूल्याङ्कन गरिन्छ। तर महिलामा यस्ता धेरै गुण हुन्छन् जुन पुरुषभन्दा उत्कृष्ट हुन्छन्। महिलामा हुने यस्ता गुणहरू महान विद्वान, अर्थशास्त्री, कूटनीतिज्ञ आचार्य चाणक्यले आफ्नो चाणक्य नीतिमा पनि उल्लेख गरेका छन्। चाणक्यका अनुसार महिलामा केही यस्ता गुणहरू हुन्छन् जसको अगाडि जस्तो सुकै मैं हुन् भन्ने पुरुष पनि झुक्न बाध्य हुन्छन्।

साहसी

पुरुषहरु प्रायः महिलालाई कमजोर ठान्छन्। तर वास्तविकता त्यस्तो केही हैन। उनीहरु पुरुषभन्दा धेरै साहसी हुन्छन्। महिलाहरु कुनै पनि प्रकारको जोखिम मोल्न डराउँदैनन्। यसका साथसाथै श्रीमान, सन्तान र परिवारको खातिर साहस देखाउन कुनै पनि महिला कहिल्यै पछि हट्दैनन्।

समझदारी

आचार्य चाणक्यका अनुसार पुरुष भन्दा धेरै बौद्धिक हुन्छन्। पुरुषहरू जोशमा आफ्नो होश गुमाउँछन्। उनीहरूलाई सही र गलतको सही बुझ्न यस्तो अवस्थामा सक्दैनन्। जबकि यस्तो अवस्थामा महिलाहरु धेरै बुद्धिमानी तरिकाले व्यवहार गर्छन्। महिलाले परिस्थितिलाई भापर सही निर्णय लिने गर्छन्। उनीहरुकै समझले घरमा सुख-समृद्धि रहन्छ र परिवारको उन्नति हुन्छ।

दयालु

महिलाहरु पुरुषहरु भन्दा धेरै भावुक र दयालु हुने आचार्य चाणक्य बताउँछन्। उनीहरूमा थप दया हुन्छ। कुनै पनि महिलाले कसैको दुख र पीडा देख्न सक्दैनन्।

खान-पानमा विशेष सौकिन

पुरुषको तुलनामा महिलाहरु खानामा बढी रुची देखाउँछन्। उनीहरुलाई पुरुषको तुलनामा बढी भोक लाग्छ, वास्तवमा उनीहरुको शरीरको संरचना यस्तो हुन्छ कि उनीहरुको शरीरलाई बढी पोषण चाहिन्छ। त्यसैले, उनीहरूलाई पर्याप्त र पौष्टिक खाना खान सल्लाह दिइन्छ।

प्रकाशित : बिहिबार, कार्तिक ०३, २०७९१४:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गाइ तिहारमा सूर्यग्रहण : ४ राशिलाई अशुभ, यी हुन् ग्रहणका बेला गर्न हुने र नहुने काम