एजेन्सी- भारतका चर्चित र्यापर बादशाह आफ्नो पृथक् आवाज र चर्चित गीतका कारण मानिसमा निकै लोकप्रिय छन् । अहिले मानिसहरुलाई उनीहरुको परिचय दिनु आवश्यक छैन । अहिले विश्वभर उनका फ्यानहरू छन्, जो उनको हरेक नयाँ गीतको लागि पर्खाइमा छन्। बादशाह अहिले आफ्नो कामभन्दा पनि व्यक्तिगत जीवनको कारण चर्चामा छन् । सिं:-गलको ट्या:-ग लगाएर घुम्ने राजा फेरि प्रेममा परेका छन् ।
भारतीय मिडिया रिपोर्टका अनुसार उनी पञ्जाबी अभिनेत्री तथा मोडल ईशा रेखीलाई डे:-ट गरिरहेका छन् । दुवै जना करिब एक वर्षदेखि एक-अर्कालाई प्रेममा रहेको खबर पनि सार्वजनिक भएको छ ।
अहिले दुवैले यस विषयलाई गोप्य राख्दै बिस्तारै अघि बढ्न खोजेकाले आफ्नो सम्बन्धलाई लो प्रो-फाइल राखेका देखिएको छ ।
भनिन्छ उनीहरु दुवैको भेट एक साथीको पार्टीको समयमा भएको थियो, त्यसपछि उनीहरु प्रेम सम्बन्धमा छन्। दुवै जना करिब एक वर्षदेखि एक-अर्कालाई डे:-ट गरिरहेका बताइएको छ । बादशाहले सन् २०१५ मा जैस्मीनसँग विवाह गरेका थिए । दुवैले सन् २०१७ जनवरी ११ मा छोरीलाई जन्म दिएका थिए । तर, सन् २०१९ मा श्रीमतीसँग छुट्टिएको खबर सार्वजनिक भएको थियो ।
ईशा रिखी एक अभिनेत्री र मोडेल हुन्। पञ्जाबी फिल्ममा अभिनय गरेपछि अहिले बलिउडमा आफ्नो सुन्दरताको जादु फैलाइरहेकी छिन् । उनले सन् २०१८ मा फिल्म ‘नवाबजादे’ बाट हिन्दी सिनेमामा डे-ब्यु गरेकी थिइन् । यति मात्र नभई ईशाले बलिउड अभिनेत्रीहरुलाई सौन्दर्य र बो:-ल्डनेसको मामिलामा चर्चित अभिनेत्रीहरुलाई कडा टक्कर दिन्छिन् ।