‘विक्रम वेध’का लागि ऋतिक रोशनले लिए यति धेरै रकम, सैफले ऋतिकको आधा पनि पाएनन् !

एजेन्सी- अहिले आगामी बलिउड फिल्म ‘विक्रम वेध’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा ऋतिक रोशनका फ्यान उनलाई खलनायकको लुकमा देखेर निकै उत्साहित बनेका छन् भने सैफ पनि पुलिस अफिसरको भूमिकामा सबैको मन जितिरहेका छन् । फिल्ममा ऋतिक रोशनको अवतार देखेपछि सबै जना फिल्म हेर्न उत्सुक हुन्छन् तर अहिले सबैलाई चासोको विषय भएको छ, ऋतिक रोशनले यो फिल्मका लागि कति करोड लिए ?

लामो समयपछि ऋतिक रोशनको फरक अवतारमा फिल्म ‘विक्रम वेधा’मा देखिने भएका छन् । यस फिल्मलाई लिएर सबै उत्साहित छन् । ट्रेलरमा ऋतिक रोशनको लुक निकै आक्रोशित देखाइएको छ । फिल्ममा उनको पात्र खलनायकको भए पनि उनको लु:-क्सले दर्शकको मन जितेको छ । अभिनेताले विक्रम वेधमा काम गरेबापत मोटो रकम लिएका छन् । रिपोर्टका अनुसार ऋतिक रोशनले ५० करोड पारिश्रमिक लिएका छन् ।

सैफले पनि आफ्नो पुलिस अफिसरको भूमिकामा फ्यानहरुको मन जितेका छन् । ट्रेलरमा सैफ अली खान निकै आकर्षक लुकमा देखिएका छन् । उनको लुकलाई फ्यानहरुले निकै रुचाइरहेका छन् । अभिनेताले फिल्ममा काम गरेबापत १२ करोड पारिश्रमिक लिएका छन् । यो रकम ऋतिकको पारिश्रमिकको आधा पनि होइन ।

अहिले ‘विक्रम वेध’ साउथको फिल्मको रिमेक बनेकोमा कतिपयको असन्तुष्टि छ । यस फिल्ममा विजय सेतुपति र आर माधवनले साउथ फिल्ममा उत्कृष्ट अभिनय गरेको मानिसहरु बताउँछन् । मानिसहरुले यो राम्रो चलचित्र हेरिसकेका छन्, त्यसैले अब किन यो रिमेकमा पैसा बरबाद गर्ने भन्ने धेरैको तर्क छ । यससँगै मानिसहरूले ऋतिक-सैफको फिल्मलाई ‘सस्तो कपी पेस्ट’ पनि भनेका छन् ।

प्रकाशित : बुधबार, असोज १२, २०७९१५:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउड अभिनेता आमिरको अर्को फिल्म पनि घोषणा, ‘लाल सिंह चड्ढा’ जस्तै यो पनि विदेशी फिल्मको रि:-मेक हुने ?