एजेन्सी- बलिउड अभिनेता आमिर खान पनि रि-मेक किं:गको नामले चर्चामा आउने गरेका छन् । आमिर खानको पछिल्लो समय रिलिज भएको ‘लाल सिंह चड्ढा’ हलिउड फिल्म ‘द फरे;-स्ट गम्प’ को आधिकारिक रि-मेक थियो। १८० करोडको लगानीमा बनेको यो फिल्मले बक्स अफिसमा नराम्रोसँग घाटा परेको थियो र यस फिल्मले करिब ७० करोड मात्र कमाउन सकेको थियो ।
भारतीय मिडिया खबर अनुसार आमिर खान अर्को विदेशी फिल्मको रि-मेक गर्ने भएका छन् । आमिर खानको अर्को फिल्मको सुटिङ सन् २०२३ बाट सुरु हुँदैछ । आमिर खान अब लोकप्रिय विदेशी फिल्मको रि-मेक बनाउने बताएको छ ।
मिडिया रिपोर्टका अनुसार आमिर खानको अर्को फिल्म स्पेनिस फिल्म ‘क्या;-म्पियन्स (२०१८)’ को रि-मेक बनाउने योजनामा रहेको बताएको छ। फिल्मलाई ‘शुभ मंगल ज्यादा सावधान’ निर्देशक आर.एस. प्रसन्नाले निर्देशन गर्नेछन् र फिल्मका लागि अनुष्का शर्मालाई छनोट गरिएको पनि बताइएको छ । यसअघि अनुष्का शर्मा र आमिर खानको जोडी ‘पीके’ मा पनि देखिइसकेका छन् ।
भारतीय मिडिया रिपोर्ट अनुसार निर्माण पक्षले फिल्मको प्रि-प्रोडक्सनको काम सुरु गरिसकेको छ । फिल्म छायाँकनको ६ महिनाको समय तालिका बन्ने बताइएको छ । सोनी पिक्च:-र्स इन्डियाले फिल्म निर्माण गर्नेछ । आमिर खान हाल अमेरिकामा छुट्टीमा रहेकाले आगामी जनवरीमा फिल्मको छायाँकन सुरु हुने बताइएको छ र आमिर फर्केपछि मात्रै फिल्मको छायांकन सुरु हुनेछ ।