नवरात्रिमा तीन ग्रहका योगले बनाउँदैछन् दुर्लभ संयोग : यी ३ राशिको चम्किनेछ भाग्य, हुनेछ प्रशस्त धन-लाभ

काठमाडौँ : हिन्दु धर्ममा नवरात्रि धुमधामसँग मनाइन्छ। यो वर्ष असोज १० गते सोमबार नवरात्रि आरम्भ भएको छ। यस शारदीय नवरात्रिमा सूर्य, बुध र शुक्र ग्रहले एकसाथ मिलेर एक दुर्लभ संयोग बनाउँदैछन्। असोज ८ गते शनिबार शुक्र ग्रह कन्या राशिमा प्रवेश गरिसकेको छ। जबकि बुध र सूर्य ग्रह पहिल्यैदेखि यहाँ विराजमान थिए। यस्तो अवस्थामा यी तीन ग्रह मिलेर शुभ संयोग बनाउँदैछन्, जसले ३ राशिका शुभ प्रभाव पार्नेछन्।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

धनु राशिका जातकलाई नवरात्रि निकै लाभदायी साबित हुनेछ। यस अवधिमा ठूलो धन लाभ हुन् सक्छ। कार्यस्थलमा तपाईको कामको प्रशंसा हुनेछ। कडा मेहनत गर्नुभएमा बढुवा हुन् सक्छ। व्यापार-व्यवसायबाट मनग्यै मुनाफा हुनेछ। स्वास्थ्य अवस्थामा सुधार आउनेछ। सबै पुराना रोगहरुबाट छुटकारा मिल्नेछ।

बेरोजगारहरुले रोजगारीको अवसर पाउनेछन्। घर-जग्गा लगायतका सम्पत्तिका मामिलामा निर्णय तपाईकै पक्षमा हुनेछ। नयाँ घर या सवारी साधन खरिदको योग छ। घरमा सुख-सन्तोष छाउनेछ। परिवारमा सुख-शान्तिको माहोल बन्नेछ। समाजमा तपाईको मान-सम्मान बढ्नेछ। शुभ कार्यले यात्राको अवसर जुर्न सक्छ। अपरिचित व्यक्तिको मद्दतले धेरै राहत दिनेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

यो त्रिग्रही योग वृश्चिक राशिका जातकको लागि शुभ साबित हुनेछ। आर्थिक स्थिति झन् बलियो हुनेछ। धन आर्जनका नयाँ माध्यमहरु प्राप्त हुनेछन्। कम मेहनतमा पनि तपाईले धेरै कुराहरु हासिल गर्नुहुनेछ। घरमा सुख-समृद्धि छाउनेछ। सम्पूर्ण दुख-दर्दहरु समाप्त हुनेछन्। शत्रु कमजोर हुनेछन्। कसैले तपाईलाई हानि पुर्याउन सक्नेछैनन्।

कतै पैसा लगानी गर्न चाहनुहुन्छ भने समय राम्रो छ। घरमा कुनै माङ्गलिक कार्य हुन् सक्छ। भगवानप्रतिको आस्था बढ्नेछ। भाग्यले तपाईलाई साथ दिनेछ। जुन काममा हात हाल्नुहुनेछ ती काम शीघ्र सफल हुनेछन्। सन्तानबाट सुख मिल्नेछ। पुराना साथीभाइसँगको भेटघाटले फाइदा हुनेछ। रमाइलो समय बित्नेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सिंह राशिलाई पनि यी तीन ग्रहको मिलनबाट लाभ मिल्नेछ। यो संयोगको कारण तपाईको जीवनमा धेरै खुशी आउनेछ। तपाईले शुभ समाचार प्राप्त गर्नुहुनेछ। उक्त खबरले तपाईको जीवनमा ठूलो परिवर्तन ल्याउनेछ। तपाईको भाग्य बदलिनेछ। तपाईको इच्छाअनुसार सम्पूर्ण कामहरु बन्नेछन्। सम्पूर्ण बाधा-अवरोधहरु हट्नेछन्।

ठूलो धन लाभ हुनेछ। अड्डा-अदालतका मामिलाहरु टुङ्गो लाग्नेछन्। समाजमा तपाईको मान-प्रतिष्ठा बढ्नेछ। साथीभाईहरुले साथ दिनेछन्। पति-पत्नीको सम्बन्ध मधुर रहनेछ। दुर्भाग्य र गरिबी हट्नेछ। माता लक्ष्मीको आशिर्वाद मिल्नेछ। माता सरस्वती प्रसन्न हुनेछिन्। मासिक आयमा वृद्धि हुनेछ।

प्रकाशित : सोमबार, असोज १०, २०७९१८:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

५ राशिका लागि निकै भाग्यशाली साबित हुनेछ नवरात्रि, कुम्भ सहित यी राशिका चम्किनेछ भाग्य