५ राशिका लागि निकै भाग्यशाली साबित हुनेछ नवरात्रि, कुम्भ सहित यी राशिका चम्किनेछ भाग्य

काठमाडौँ : माता दुर्गालाई समर्पित शारदीय नवरात्रि शुभारम्भ भएको छ। यो वर्ष शारदीय नवरात्रि असोज १० गते आश्विन शुक्लपक्षको प्रतिपदा तिथिदेखि सुरु भई असोज १८ गते महानवमीसम्म रहनेछ। नवरात्रिमा माता दुर्गाका नौ रुपको पूजा गर्ने विधान छ। नवरात्रिमा भगवती दुर्गाले आफ्ना भक्तहरूमाथि प्रसन्न भई उनीहरूमाथि आशीर्वाद दिन्छिन्। दुर्गा देवीको पुजा गर्नेको घरमा कहिल्यै अन्न-धनको कमी हुँदैन्। यो वर्ष शारदीय नवरात्रि पाँच राशिका जातकका लागि निकै शुभ मानिएको छ। जान्नुहोस् ती ५ भाग्यशाली राशिहरु कुन-कुन हुन् त ?

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

वृष राशिका जातकका लागि यो नवरात्रि निकै शुभ रहनेछ। यस राशिलाई प्रशस्त धन लाभको योग देखिन्छ। केही तनाव पक्कै हुनेछ। तर कामको स्थितिमा लगातार सुधार हुनेछ। माता दुर्गाको आशिर्वादले तपाईको करियरको समस्या हल हुनेछ। नयाँ कामको अवसर प्राप्त हुनेछ। पारिवारिक झगडाबाट टाढै रहनुस्।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

नवरात्रिमा कन्या राशिका रोकिएका या अड्किएका काम पूरा हुनेछन्। धनको स्थितिमा सुधार आउनेछ। खर्चमा नियन्त्रण गर्नुपर्नेछ। सम्पत्ति लाभको पनि राम्रो योग रहेको छ। मान-सम्मान र पद-प्रतिष्ठा बढ्नेछ। रोग र दुर्घटना पनि दूर हुनेछन्।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

शारदीय नवरात्रिमा करियरमा सफलता मिल्ने सम्भावना देखिन्छ। नोकरी, व्यवसायमा लाभको स्थिति रहनेछ। परिवारको सहयोगले धन लाभ हुनेछ। घरजग्गाको काममा व्यस्तता बढ्नेछ। अपेक्षित लाभ मिल्ने सम्भावना छ। प्रेम सम्बन्ध र दाम्पत्य जीवन पनि सुखद् रहनेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

शारदीय नवरात्रि सुरु हुनासाथ मकर राशिका दिन परिवर्तन हुनेछन्। करियर र पारिवारिक जीवनमा आइपरेका समस्याहरू हट्नेछन्। आर्थिक अवस्था पनि राम्रो रहनेछ। बैंक ब्यालेन्स बढ्नेछ। सम्बन्धलाई मजबूत बनाउने योग बनेको छ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

शारदीय नवरात्रि आरम्भ हुनेबित्तिकै कुम्भ राशिका जातकले तनावबाट मुक्ति पाउनेछन्। पारिवारिक स्थितिमा सुधार आउनेछ। पढाई, जागिर र व्यापार-व्यवसायमा अलि व्यस्तता बढ्नेछ। धन र सम्पत्ति सम्बन्धी लाभ हुनेछ।

प्रकाशित : सोमबार, असोज १०, २०७९१९:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नवरात्रको दोस्रो दिन: ब्रह्मचारिणी देवीको उपासनाले हुन्छ ज्ञान सिद्ध, यसरी गर्नुहोस् पूजा !