आजबाट सुरु भएको नवरात्रिको समयमा भुलेर पनि नगर्नुहोस् यस्ता गल्ती, हुनेछ निकै अशुभ !

नवरात्रि पर्व आज सोमबारबाट सुरु भेएको छ । नवरात्रिका नौ दिनलाई माता दुर्गाको आराधनाका लागि अति शुभ र पवित्र मानिन्छ। शास्त्र अनुसार यी नौ दिनमा माता दुर्गाको पूजा गर्दा धेरै कुराको ख्याल गर्नु आवश्यक हुन्छ । नवरात्र सुरु हुनुअघि मन्दिरको सर-सफाइसँगै घरको सर-सफाइमा पनि आवश्यक हुन्छ। त्यस्तै ज्योतिष शास्त्रका अनुसार नवरात्रीको पहिलो दिन अर्थात् कलश स्थापना हुनुअघि घरबाट केही चीजहरू निकाल्नु पर्छ । जान्नुहोस् नवरात्रिमा घरमा कुन-कुन चीजहरू राख्नु शुभ मानिँदैन।

बासी खाना
नवरात्रि स्थापना गर्नु अघि ध्यान राख्नुहोस् कि यदि तपाईको घरमा कुनै खाद्य वस्तु बासी छ वा भान्सामा बासी खाना राखिएको छ भने, त्यसलाई घरबाट बाहिर निकाल्नुहोस् ।

लसुन-प्याज
ज्योतिषशास्त्रका अनुसार नवरात्रिको नौ दिनसम्म घरको वातावरण शुद्ध र सकारात्मक हुनुपर्छ । यसै गरी नवरात्री पूजामा नौ दिनसम्म घरमा सात्त्विक खाना बनाइन्छ । यसै कारणले नवरात्रिमा लसुन, प्याज, मासु, मदिरा आदिको उपभोग मात्र नभई घरमा यी वस्तु राख्नु पनि अशुभ मानिन्छ ।

भगवानको फुटेको मूर्ति वा च्यातिएको तस्बिर 
ज्योतिष शास्त्रका अनुसार घर वा मन्दिरको सरसफाइ गर्दा कुनै पनि देवताको फुटेको मूर्ति वा च्यातिएको तस्बिर नराख्नु होला । यदि घरमा यस्ता चिज छ भने तुरुन्तै घरबाट निकालेर खोला, तालमा डुबाउनुहोस् । अन्यथा घरमा नकारात्मक ऊर्जा बस्छ ।

पुरानो जुत्ता-चप्पल 
नवरात्रिको समयमा पुरानो च्यातिएको जुत्ता वा चप्पल छ भने साथै सिसाको फुटेको सामान घरमा राख्नु पनि शुभ मानिँदैन ।

प्रकाशित : सोमबार, असोज १०, २०७९१३:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नवारात्रिमा दुर्गाका ९ स्वरूपलाई चढाउनुहोस् यस्ता ९ प्रसाद, हुनेछ हरेक मनोकामना पूरा !