नवारात्रि आजबाट सुरु भएको छ र असोज १९ गते विजयादशमीमा समाप्त हुनेछ। यी नौ दिनहरूमा देवी दुर्गाले आफ्ना भक्तहरूलाई विभिन्न नौ रूपले आशीर्वाद दिने धार्मिक मान्यता रहेको छ। के तपाईंलाई थाहा छ नवरात्रिको नौ दिनमा दुर्गा माताको आराधनामा यी नौ चीजहरू चढाउँदा परिवारमा माताको आशीर्वाद कायम रहन्छ।
माता शैलपुत्री
नवरात्रको पहिलो दिन माता शैलपुत्रीको पूजा गरिन्छ। गाईको घ्यूबाट बनेको वस्तु मातालाई चढाउँदा शुभ फल प्राप्त हुन्छ। यसो गर्दा स्वास्थ्य लाभ प्राप्त हुन्छ।
माता ब्रह्मचारिणी
नवरात्रको दोस्रो दिन माता ब्रह्मचारिणीको पूजा गरिन्छ। यस दिन चिनी र पञ्चामृत चढाएर मातालाई प्रसन्न गर्दा भक्तजनको दीर्घायुको आशीर्वाद दिन्छन्।
माता चन्द्रघण्टा
नवरात्रिको तेस्रो दिन माता चन्द्रघण्टाको पूजा गरिन्छ। यस दिन मातालाई दूधको मिठाई र खीर चढाउनुपर्छ। यसो गर्नाले भक्तहरूको कीर्ति दिनरात बढ्छ।
माता कुष्माण्डा
नवरात्रको चौथो दिन माता कुष्माण्डाको पूजा गरिन्छ। यस दिन मातालाई प्रसादको रुपमा मालपुवा चढाउनुपर्छ। यसो गर्दा दिमागको विकास हुन्छ र मनमा अर्थपूर्ण विचार आउँछन्।
माता स्कन्दमाता
नवरात्रिको पाँचौं दिन स्कन्दमाताको नामबाट नामाकरण गरिएको हो। स्कन्दमाता मातालाई केरा चढाउँदा भक्तहरूको रोग निको हुन्छ।
माता कात्यायनी
नवरात्रको छैटौं दिन देवी कात्यायनीलाई समर्पित गरिन्छ। यस दिन मातालाई हलुवा, खीर वा मीठो पान चढाउनुपर्छ। यसो गर्नाले तपाईंको हरेक मनोकामना पूरा हुन्छ।
माता कालरात्रि
नवरात्रको सातौं दिन माता कालरात्रिलाई समर्पित छ। मातालाई सखरले बनेको चिज मन पर्छ। सखरबाट बनेको वस्तु चढाउँदा माताले शत्रुलाई नष्ट गर्नुहुन्छ।
माता महागौरी
नवरात्रीको आठौं दिन माता महागौरीलाई समर्पित गरिन्छ। महागौरीलाई नरिवल असाध्यै मन पर्छ। यस दिन मातालाई नरिवल चढाउनुपर्छ।
माता सिद्धिदात्री
नवरात्रको नवौं दिन माता सिद्धिदात्रीको पूजा गरिन्छ। यस दिन मातालाई खीर–पुरी चढाउनुपर्छ। यसो गर्नाले भक्तहरुको मनोकामना पूरा हुन्छ।
