साइनबोर्ड राखेबापतको शुल्क नतिरे हटाइने, कति छ शुल्क ?

काठमाडौं, अनुमति विनाका होर्डिङबोर्ड र डिजिटल विज्ञापन हटाउन निर्देशन दिएको काठमाडौं महानगरपालिकाले व्यवसायी र संघसंस्थालाई पनि चेतावनी दिएको छ ।

केही व्यवसायी र संघसंस्थाले आफ्नो परिचय पाटी(साइनबोर्ड) राखेबापत शुल्क नबुझाएको भन्दै महानगरले शुक्रबार सार्वजनिक सूचना जारी गरेर ३० दिनभित्र बुझाउन भनेको छ ।

‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय गर्ने केही व्यक्ति, संघसंस्थाहरूले आफ्नो कार्यस्थलमा बाहिर राखिआएको परिचय पाटी (व्यक्ति व्यवसाय वा सङ्घ संस्थाको परिचय खुल्ने नाम भएको) राखे बापत महानगरपालिकालाई बुझाउन पर्ने परिचय पाटी शुल्क बुझाएको नपाइएको हुँदा यस सूचना प्रकाशन भएको ३० (तीस) दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई महानगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची ९ बमोजिमको निम्नानुसारको शुल्क बुझाउन सम्बन्धित सबैलाई जानकारी गराइएको छ,’ सूचनामा भनिएको छ ।

सार्वजनिक सूचनामा महानगरले साइनबोर्डहरुको शुल्क समेत तोकेको छ। महानगरले तोकेको दररेट अनुसार ६ वर्ग फुटसम्मको एउटा साइनबोर्डको शुल्क वार्षिक ५ सय लाग्नेछ, १५ वर्ग फुटसम्मको १ हजार ५ सय र १५ वर्ग फुटभन्दा माथि ३० वर्ग फुट सम्मको प्रतिवर्ग फुट १ हजारका दरले शुल्क लाग्नेछ।

दररेट:

-वार्षिक दररेट रु. १ परिचय पाटी (Sign Board) ६ वर्ग फुटसम्म एक वटा मात्र ५०० -परिचय पाटी (Sign Board) १५ वर्ग फुटसम्म १,५००

-एक वटा मात्र परिचय पाटी (Sign Board) १५ वर्ग फुटभन्दा माथि ३० वर्ग फुट सम्मको प्रतिवर्ग फुट एक वटा मात्र १,०००
(नोट: ३० वर्ग फटभन्दा माथिको परिचय पाटी राख्न निषेध गरिएको छ।)

प्रकाशित : शुक्रबार, असोज ०७, २०७९०८:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

इतिहाँसकै बलवान भयो डलर, सबै रेकर्ड तोडिए ! एक डलरको नेपालमा कति ?