इतिहाँसकै बलवान भयो डलर, सबै रेकर्ड तोडिए ! एक डलरको नेपालमा कति ?

काठमाडौँ – अमेरिकी डलरको विनिमय दर बढेको छ। बिहिबारको तुलनामा अमेरिकी डलरको विनिमय दर शुक्रबार बढेको हो। बिहिबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको विनिमय दर(बिक्री) १ सय २७ रुपैंयाँ ६७ पैसा तोकेकोमा शुक्रबार १ सय २९ रुपैंयाँ ८ पैसा तोकेको छ।

शुक्रबार तोकिएको विनियम दर इतिहाँसकै उच्च हो। शुक्रबार तोकिएको विनियम दरले सबै रेकर्ड तोडेको छ। यसअघि गत साउन ५ मा एक अमेरिकी डलरको विनिमय दर १ सय २८ रुपैंयाँ २९ पैसा सम्म पुगेको थियो।

उच्च विन्दुमा पुगेपछि अमेरिकी डलरको विनियम दर साउन १८ मा १२६ रुपैयाँ २५ पैसासम्ममा झरेको थियो। त्यसभन्दा तल अमेरिकी डलरको विनियम दर गएन। त्यसयता बढ्दै-घट्दै आएको अमेरिकी डलरको विनियम दरले शुक्रबार भने रेकर्ड नै बनायो।

शुक्रबार नेपाली मुद्रा अहिलेसम्मकै कम्जोर भएको छ। पछिल्ला दिनहरूमा विश्वबजारमा डलरको माग बढिरहेको अवस्थामा भारतीय मुद्राको मूल्य घटेसँगै नेपाली मुद्रा पनि कम्जोर भएको हो।

नेपाली रुपैंयाँ र भारतीय रुपैंयाँ बीच स्थिर विनिमय दर छ। भारुमा विनिमय दर घटबढ भएसँगै त्यसको सिधा असर नेपाली रुपैंयाँ(नेरु)मा परेको छ। भारतको कुरा गर्नु पर्दा भारतमा गत साँझ ७ बजे एक अमेरिकी डलरको विनिमय दर भारु ८० दशमलभ ८३ पुगेको थियो। यो पनि भारतको इतिहाँसकै उच्च विनियम दर हो।

प्रकाशित : शुक्रबार, असोज ०७, २०७९०९:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सशस्त्र प्रहरीले माग्यो ठूलो संख्यामा इन्सपेक्टर र असई !