हिजो घटेको सुनको मूल्य आज बढ्यो ! कति पुग्यो ?

काठमाडौँ – साताको पाँचौं दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। साताको पहिलो दिन बढेर दोस्रो दिन घटी मंगलबार बढेर फेरी बुधबार घटेको सुनको मूल्य बिहिबार बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैंयाँले बढेको छ। आज छापावाला सुन ९१ हजार ८ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैंयाँले नै बढेको छ। नेपाली बजारमा आज तेजाबी सुन प्रतितोला ९१ हजार ३ सय रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बुधबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार तीन सय र तेजाबी सुनको मूल्य तोलामा ९० हजार आठ सय रुपैयाँ रहेको थियाे। आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार बुधबार तोलामा ११ सय ७० रुपैयाँ रहेकाे चाँदी आज तोलामा ११ सय ८० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

प्रकाशित : बिहिबार, असोज ०६, २०७९१३:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सिक्लेस हाइड्रोपावरले आईपिओ प्रि-अलटमेन्ट भोलि ! बाँडफाँड कहिले ?