काठमाडौं, सिक्लेस हाइड्रोपावरले निष्कासन गरेको आईपिओ प्रि -अलटमेन्ट शुक्रबार हुने भएको छ। कम्पनीले प्रि-अलटमेन्ट गरेसँगै अर्को साता बाँडफाँड गर्ने तयारी गरेको छ।
कम्पनीको बिक्री प्रबन्धकका अनुसार बिओके क्यापिटलले आगामी मंगलबार बिहान ९ बजे सेयर बाँडफाँड गर्ने तयारी गरेको छ । कम्पनीको आइपीओमा १६ गुणा बढीले आवेदन परिसकेको छ ।
सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओमा १५ लाख ३८ हजार ३ सय ८३ जना आवेदकबाट एक करोड ७२ लाख ४४ हजार ३ सय ८० कित्ताका लागि आवेदन परेको हो ।
कम्पनीले कुल कित्तामध्ये १० लाख ५८ हजार कित्ताको लागि सर्वसाधारणका लागि निष्कासन गरेको थियो । रेटिङ एजेन्सी कियर नेपालले सिक्लेसको आइपीओलाई ‘कियर एनपी रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको जनाउँछ ।