चर्चित हाँस्यकलाकार तथा अभिनेता राजु श्रीवास्तवको निधन

भारतको चर्चित हाँस्यकलाकार तथा अभिनेता राजु श्रीवास्तवलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएमा आज बिहान १०:३५ मा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको हो। १० अगस्टमा हृदयघात भएपछि उनलाई दिल्लीको एम्समा भर्ना गरिएको थियो ।

अहिले अभिनेतालाई सामाजिक सञ्जालमा उनका फ्यानले श्रद्धाञ्जली दिइरहेका छन् ।

राजु श्रीवास्तव सन् १९८० को दशकको अन्त्यदेखि मनोरञ्जन उद्योगमा सक्रिय थिए, तर ‘द ग्रेट इन्डियन ला:-फ्टर च्या:-लेन्ज’ को पहिलो सिजनमा भाग लिएपछि उनी लोकप्रिय भए। उनले ‘मैने प्यार किया’, ‘बाजीगर’, ‘बोब्बे टु गोवा’ र ‘आमदानी अथनी खर्खा रुपैया’ मा अभिनय गरेका छन् । राजु श्रीवास्तवले ‘बिग बोस’ सिजन ३ मा पनि भाग लिएका थिए। राजुले मनोरंजन क्षेत्रमा आफ्नो नाम कमाए र मानिसहरुको माया पाउनुको साथै मन जितेका थिए ।

प्रकाशित : बुधबार, असोज ०५, २०७९११:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मुम्बईमा ‘प्रेम गीत ३’ को हाइ:प, प्रदीप खड्का सहित सबैलाई भ्याइनभ्याइ (फोटो फिचर)